वैशाख १ गते बज्रयोगिनी मणिचुड पर्यटन महोत्सव, भव्य तयारी

काठमाण्डाैं  । आन्तरिक तथा बाह्य पर्यटन आगमन गराउने उदेश्यले  नव बर्ष २०७४ बैशाख १ गते “बज्रयोगिनी मणिचुड पर्यटन महोत्सव भब्यरुपमा मनाइने भएको छ। एेतिहसिक, धार्मिक एवं सुन्दर पर्यटकिय क्षेत्र मणिचुड र विश्व सम्पदा सूचिमा सूचिकृत हुन प्रस्तावित, धार्मिक सहिष्णुताको प्रतिक, सदभाव,सह-अस्तित्व अनि शान्तिको पर्याय बज्रयोगिनी मन्दिरको विशेषतालाई उजागर गर्ने उदेश्यले यो महोत्सव गर्न लागिएको हो  ।

महाेत्सवमा स्थानीय तामाङ र नेवार समुदायको कला संस्कृति, लगायत काठमाण्डाैं उपत्यका शहरकाे मनाेरम दृश्य अनि विभिन्न हिमालका मनमाेहक दृश्यावलोकलन प्रत्यक्ष रुपमा गर्न सकिने छ। महाेत्सवकाे अर्काे अकर्षककाे रुपमा बज्रयाेगिनी देखि मणिचुडसम्म बज्रयाेगिनी मणिचुड म्याराथुन, मणिचुड पाैडी प्रतियाेगिता र साँढे उचाल्ने प्रतियाेगितामा हुने, प्रतियाेगितामा पहिलाे, दाेस्राे र तेस्राे हुने खेलाडीलाई नगद सहित सम्मान गरिने बताइएको छ । मणिचुड कुण्ड सँगै रहेकाे साँडे उचाल्दा गानाे निकाे हुने र छाेरा पाउने जना विश्वास रहेकाे छ।

महाेत्सवमा उद्घाटन सत्र लगायत विभिन्न प्रतियाेगिता र सम्मान अनि साँस्कृतिक प्रदर्शनी हुने साथै विभिन्न सांगीतिक प्रस्तुतिसहित समापन हुने कार्यक्रम रहेकाे छ ।  शंखरापुर नगरपालिका वडा नं-८ स्थित घुमारचोकमा अवस्थित बज्रयोगिनी मन्दिर परिसरमा स्थानीय घुमारचोकवासी र लप्सेफेदीवसी आम सरोकारवाला, समाजसेवी, बुद्धिजिवीलगायत शंखरापुर नगरपालिकाको राजनीतिक दलका प्रतिनिधि हरुको भेलाद्वारा महोत्सव आयोजना गर्नको लागि बज्रयोगिनी मणिचुड पर्यटन प्रबर्धन समिति गठन भएको छ।भेलावाट बिरबहादुर ग्लान तामाङको संयोजकत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएकाे छ ।

सांसद रामेश्वर फुयाँलको  सार्थक  र सफल  प्रयास

रामेश्वर फुयाँललाई  सबैभन्दा कृयाशील तथा सक्रिय सांसदको कोटीमा लिइन्छ । महत्वपूर्ण राजनीतिक इभेन्टमात्र हैन सामाजिक र राष्टिय हितका बिषयमा सांसद फुयाँलको सक्रियता जो कोहीलाई चकित बनाउने खालको छ । राजनीतिक इमान्दारिता, आर्थिक पारदर्शिताका सबालमा एक दृष्टान्त बनेका फुयाँलको काठमाडौँको सभ्यता तथा संस्कृतिका बारेमा सर्वाधिक सरोकार राख्ने गर्दछन् । फुयाँल सांसद भएपछि काठमाडौँको पूर्वि क्षेत्रमा ३ वटा महोत्सवको शुरू भएको छ । स्थानीय महत्व, पौराणिक संस्कृतिसँग महत्व राख्ने तारेभीर महोत्सव, कागेश्वरी महोत्सव तथा बज्रयोगिनी मणिचुड महोत्सव सांसद फुयाँलको सक्रियतामा शुरु भएको छ ।

 

यी तीनवटै महोत्सवको शुरूवात गर्ने परिकल्पनाकारको रूपमा मात्र हैन यतिखेर यी महोत्सवको प्रचारप्रसारको भूमिकामा पनि फुयाँलनै अगाडि छन् । एक हिसाबले ब्राण्ड एम्बासडर बनेर दिनरात यही विषयमा बोलिरहेका हुन्छन् । फुयाँलको यो अपनत्वलाई स्थानीयवासी मुक्तकण्ठले प्रशंसा गर्दछन् । राष्ट्रियस्तरको नेताले स्थानीय मुद्धामा यसरी लगातार ध्यान दिँदा गर्वले भावुक बनेको स्थानीयवासी बताउँछन् । बैशाख १ गते हुने बज्रयोगिनी मणिचुड महोत्सवका लागि पनि सांसद फुयाँल निरन्तर सक्रिय थिए । उनका व्यक्तिगत सामाजिक संजाल पनि बज्रयोगिनी महोत्सवकै प्रचारप्रसारमा सक्रिय  थियो । सांसद फुयाँलको सांसद विकास कोषबाट बजेटको पनि व्यवस्था पनि गरेका छन् ।

 

तपाइँको प्रतिक्रिया ।