कोटेश्वरको हिमालयन फ्रेस अरेबिका राजधानीकै उत्कृष्ट कफि गन्तव्य
कपन अनलाइन, काठमाडौँ । पछिल्ला समय राजधानी कफिमय बन्दै गएको छ । अर्गानिक कफिले युवादेखि बृद्धसम्मलाई तानेको छ । विस्तारै कल्चरको रुप धारण गर्न लागेको कफिलाई व्यवसाय बनाउनेहरु पनि मनग्ये खर्च गरेर लाग्न थालेका छन् । को भन्दा को उत्कृष्ट बन्ने होड कफि व्यवसायमा देखिन थालेको छ ।
राजधानीको कोटेश्वरमा हालै शुरु भएको हिमालयन फ्रेस अरेबिका कफि पारखीहरुको उत्कृष्ट गन्तव्य बनेको छ । नेपाली सुद्ध अर्गानिक कफिलाई विश्वस्तरीय मेसिनबाट पारखी बारिस्ताले उत्कृष्टरूपमा सजाइएको वातावरणमा पस्कँदा जो कोहीलाई हिमालयन फ्रेस अरेबिका कफि कोटेश्वरमा आनन्द महशुस हुन्छ ।
भागदौडको जिन्दगीबाट केही समय निकालेर आनन्द महशुस गर्न यो कफि सप सम्भवतः राजधानीका अन्य कफिसपभन्दा अग्र पंक्तिमा देखिएको छ । कोटेश्वरजस्तो भीडभाडपूर्ण ठाउँमा एकछिन राहत महशुस गरेर तातो वा चिसो कफिका साथै उत्कृष्ट बेकरी खान पाउनुले आकर्षण केन्द्र बनेको हो हिमालयन फ्रेस अरेबिका कफि ।
यही चैत्र महिनादेखि संचालनमा आएको हिमालयन फ्रेस अरेबिका कफि सपले सुरुवाती दिनमै व्यवसायिकस्तर देखाई सकेको छ । विश्वस्तरीय कफिका साथमा बेकरीका महत्वपूर्ण आइटम खान धेरैजना नियमित रुपमा आउन थालेको म्यानेजिङ डारेक्टर उद्धवराज थपलियाले बताए । थपलिया आफै पूर्व बैंकर हुन् भने फरक फरक क्षेत्रका ५ जना साथीहरु मिलेर करिब ७५ लाख खर्च गरेर कफि सप संचालनमा ल्याएका हुन् ।
हिमालयन फ्रेस अरेबिका कफि सपमा ६ वर्षदेखि बारिस्ताको काम गरेका उमेश सत्यालले पारखीहरुलाई कलात्मक तथा स्वादिलो कफि पस्किने गरेका छन् । सत्यालले कफि बनाउन सिक्न चाहनेहरुलाई बारिस्ता तालिम पनि दिने गरेका छन् । सत्याल भन्छन्, “गुणस्तरीय कफिको रोस्ट गरिएका दानाप्रति हामी सबैभन्दा सचेत छौँ । बजारमा कफिको नाममा गुणस्तरीय कफिको दानालाई ध्यान दिएको पाइँदैन तर हामी त्यही कुरामा सबैभन्दा सचेत छौँ ।”
फोटो: सरोज बैजु