जुँगेको प्रचारप्रसारबाट संगठित बन्दै बुनपा ११ कांग्रेस, वडाध्यक्षको दौडमा ४ जना

कपन अनलाइन, काठमाडौँ । 

बुनपाभित्र नेपाली कांग्रेसका नेता नै नेता भएको वडा भनेर चिनिने वडा नं. ११ मा सबैलाई सबै सिनियर नेतालाई चुनौति बनेका छन् राजेन्द्र अधिकारी जुँगे । जुँगेको प्रचारप्रसारले यो वडामा नेका प्रभाशाली बनेको आंकलन पनि हुन थालेको छ भने उनको प्रचारात्मक कार्य थामिएको छैन । जुँगे भन्छन्, पार्टीको शान र जीतका लागि आफू जतिखेर पनि हिँडन तयार छु ।
जगडोलदेखि सांप्रेढुंगासम्मको डाँडा पाखामा फैलिएको वडा नं. ११ को टोलटोल मात्र हैन घरघरमा पुग्न भ्याई सकेका जुँगे  छन् । तर उनी भन्छन्,

“मैले कांग्रेसका लागि भोट माग्दै र विकासको अवधारणा बताएको छु, मलाई मात्र भोट देउ भनेर हिँडेको छैन । मेरा लागि पार्टी ठूलो कुरो हो ।”

पार्टीका अरु नेताहरु टिकटका लागि नेताका घर चाहर्दा र फोन गर्दामा फुर्सद नभएको बेला जुँगेचाहिँ युवाहरुमा कांग्रेस प्रचार गर्दै बसेका छन् । यस वडामा राजेन्द्र अधिकारी जुँगेसहित अच्युत पौडेल, राधेश्याम कार्की र सन्तोष भण्डारीले वडाध्यक्ष पदको दावी गरिरहेको छन् । बुनपाभित्रको यो वडा नेपाली कांग्रेसले मजबुत जीतको अधार भएको वडाको रुपमा लिएको छ ।

तपाइँको प्रतिक्रिया ।