नेका बुनपा मेयरको दौडमा अर्थपूर्णरुपमा भोला लामिछानेको नाम आयो

कपन अनलाइन, काठमाडौँ। बुनपा तथा काठमाडौं क्षेत्र नं. ४ मा परिचित नाम हो भोला लामिछाने । विकासे गतिबिधिमा सक्रिय नामका कारणले लामिछानेलाई चिन्नेहरु धेरै छन् । नेपाली कांग्रेसका नेता भोला लामिछानेले आफ्नो पार्टीबाट बुनपाको मेयरका लागि प्रयास गरेका छन् । आफ्नो विकासवादी छविलाई लामिछानेले मेयरपदका लागि उपयोग गर्ने प्रयास गरेको बताउँछन् ।

 
नेपाली कांग्रेसको तफृबाट बुनपाको मेयर पदमा कसलाई चुन्ने बारेमा समस्या भैरहेको बेला भोला लामिछानेको नाम चर्चामा आएको हो । पूर्व महामन्त्रि प्रकाशमान सिंहसँग निकट रहेका लामिछानेको चर्चालाई अर्थपूर्ण मानिएको छ । बुनपामा पूर्व महामन्त्रिसँग निकट मानिएका गोकर्ण केसी र भोला लामिछानेमध्येबाट क्षेत्र नं. ४ मा धेरै मतदाता भएका कारण मेयर बनाउनु पर्ने दवावबीच लामिछानेको नाम अगाडि आएको श्रोतको दावी छ ।

 
नेकाबाट बुनपा मेयरका लागि राजु श्रेष्ठ एकमात्र व्यक्ति हो भनेर प्रचार भैरहेको बेला भोला लामिछानेको नाम प्रचारमा आउनु संभवतः मेयर टिकटको दौडबाट गोकर्ण केसी बाहिरिएको संकेतको रुपमा पनि लिन सकिन्छ । राजु श्रेष्ठका अत्यन्त निकट मानिने भोला लामिछानेको नाम चर्चामा आउने बित्तिकै यसअघि चर्चामा रहेका सबै नाम कमजोर हुनसक्ने सम्भावना पनि बढेको छ । भोला लामिछानेको मेयर उम्मेदवार बन्ने चर्चासँगै यो राजु श्रेष्ठले बुनपा मेयरमा आफ्नो विकल्प नरहेको अनुभूति गरेको रुपमा पनि धेरैले आंकलन गरेका छन् ।

 
पूराना विशेषगरेर साविक चपली गाविस तथा आसपासका क्षेत्रका बाटो, खानेपानीलगायतको विकासमा भोला लामिछानेले सक्रियता महत्वपूर्ण मानिन्छ । ०५४ सालको स्थानीय निकाय निर्वाचनमा उपाध्यक्ष पदमा पराजित भएर पनि विकासे गतिबिधिमा लामिछाने सक्रिय नै रहे । बँदेलीमा बनेको दुईलाख २० हजार लिटरको पानी ट्यांकी र त्यो ट्यांकीबाट बुनपा वडा नं. २ र ८ का दुईहजार परिवारलाई खानेपानी खुवाउने योजनाका योजनाकार भोला लामिछाने हुन् भने आधादर्जन महत्वपूर्ण बाटोहरु निर्माण प्रयासको श्रेय पनि उनैलाई जान्छ ।

 
नेलाी कांग्रेसमा भोला लामिछानेको बिधिवत प्रवेश नेविसंघबाट ०४२ सालदेखि भएको हो । त्यसपछि चपली गाविस इकाइ सभापति ३ पटक भए । नेकाको क्षेत्रीय कोषाध्यक्षको भूमिकासहित काठमाडौँ जिल्ला सदस्यसमेत भएका भोला लामिछाने पूर्व महामन्त्रि प्रकाशमान सिंहका निकट मानिन्छ ।

तपाइँको प्रतिक्रिया ।