वडा नं. १२ मा माओवादीबाट भट्टराई पक्का, कांग्रेस र एमालेले कस्लाई बनाउला उम्मेदवार ?
कपन अनलाइन, काठमाडौं । बुनपामा चुनावी माहौल चुलोचौकोसम्म पुगिसेको छ । घरघरमा को उम्मेदवार हुने वा कस्लाई भोट दिने बारे बहश सुरु हुन थालेको छ । पार्टीहरु उम्मेदवार कसलाई बनाउने बारेको रस्साकस्सीमा छन् । यसैबीच बुढानिलकण्ठ नगरपालिका वडा नं. १२ मा तेस्रो पार्टी माओवादी केन्द्रले माधव भट्टराईको नाम सर्वसम्मत गरेर पठाएको छ । भट्टराईको नाम पक्का भएपछि दुई ठुला पार्टी नेका र एमालेमा आन्तरिक प्रतिस्पर्धी उम्मेद्वारहरुबीच टकराव चलिरहेको छ ।
माओवादीबाट भट्टराईको नाम प्रस्ताव भएपछि भट्टराईलाई टक्करदिने उमेदद्वारको खोजिमा नेपालि काँग्रेस तथा एमाले छ । यद्यपि एमाले र नेकाबाट केही नाम वडाध्यक्षको रुपमा पहिलादेखि नै चर्चामा छन् । वडा नम्बर १२ मा ५० को दशकदेखि नै बिभिन्न गतिबिधिमा सक्रिय माधव भट्टराइलाई माओवादी केन्द्रले टिकट दिने तयारी गर्नुसँग धेरैले महत्वका साथ हेरेका छन् । भट्टराईलाई सिन्धुपाल्चोक, ओखलढुंगाबाट बसाइसराई गरेर आएकाहरु मात्र हैन, स्थानीय वासीहरू माझमापनि भिजेको पात्रको रुपमा लिइन्छ ।
नेपाली काँग्रेसले वडा नं. १२ मा इकाई सभापति होमनथा तिमिल्सिनालाई टिकट दिने तयारीमा रहेको बताइन्छ । यद्यपि तिमिल्सिनासँगै टंक सापकोटा, सुन्दर चालिसे, विश्वराम खनाल, राजेश खड्का आदिले पनि वडाध्यक्षमा चासो राखेका छन् । सम्भवतः उल्खेखित सबै नामलाई क्षेत्रीय कमिटिमा पठाइनेछ । माओवादीबाट माधव भट्टराईको नाम बाहिर आएपछि नेकाले आफ्नो योजना तथा रणनीति फरक पार्न सक्कने कांग्रेस श्रोतले बतायो ।
यस्तै वडा नं. १२ मा नेकपा एमालेमा निरन्जन नेपाल, शम्भु भट्टराई, पुरुषोत्तम नेपाल, देवेन्द्र थापा, पुण्यराज पुडासैनीको नाम चर्चामा रहेको छ । माओवादीबाट माधव भट्टराईको उम्मेदवारी सार्वजनिक भएपछि भट्टाइले सिन्धुपाल्चोकबाट बसाई सराई गरेर आएका भोटरमा प्रभाव पार्ने देखिएपछि एमालेले ओखलढुंगा फ्याक्टरबाट उम्मेदवार दिने सम्भावना रहेको बताइएको छ । ओखलढुंगाबाट बसाइसराई गरेर आएकामध्ये एकमात्र दावेदार उमेदद्वार पुण्यराज पुडासैनीको नाम एकाएक एमालेमा अगाडि आएको छ ।
पुण्यराज पुडासैनी कपनका स्थानीयवासी रिझाउन सक्ने र सिन्धुपाल्चोक फकाउन सक्ने व्यक्तिको रुपमा एमालेवृत्तमा चर्चा छ । एमालेका एक संगठित सदस्यले कपन अनलाइनलाई भने पुण्यराज पुडासैनीलाई एमालेले वडा अध्यक्षको टिकट दिएमा नेपाली काँग्रेसले समेत आफ्नो उमेदद्वार परिवर्तन गर्न सक्ने अबस्था आउँछ । उनका अनुसार यस वडामा पुण्यराज पुडासैनी सबैभन्दा बलिया उम्मेदवार हुन् । तर कपन अनलाइनसँग पुडासैनीले आफू वडाअध्यक्षको उठ्ने लाइनमा नलागेको तर पार्टीले आग्रह गरेमा सयबारेमा सोच्ने बताए ।
बुनपा वडा नं १२ मा पुरानो मतदाता नामावली अनुसार ा ४ हजार ४ सय ९९ मतदाता रहेका छन् भने नयाँ नामावली आएमा ५ सय हाराहारीमा थपिने अनुमान गरिएको छ ।
* डिसप्ले प्रचार सामग्रीमा त्रुटी भएकाले सच्याइएको छ । सम्पादक : कपन अनलाइन डट काम