बुढानिलकण्ठ नगरपालिका बिधिवत खुल्ला दिशामुक्त क्षेत्र घोषित

कपन अनलाइन, काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका बिधिवत खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएको छ । नगरपालिका कार्यालयले आज एक विशेष कार्यक्रम आयोजना गरेर बुनपालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरेको हो । मुख्य सचिव डा सोमलाल सुवेदीले बुनपालाई यहाँ आयोजित औपचारिक कार्यक्रममा खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरेका हुन् ।
यसअघि बुनपाका बिभिन्न वडाहरुबाट सांगितीक तथा सांस्कृतिक झाँकीसहितको र्याली कार्यक्रमस्थल गोल्फुटार पुगेको थियो । र्यालीमा खुल्ला दिशा मुक्त क्षेत्र तथा घरघरमा चर्पिका विषयमा लेखिएको व्यानरहरु देखिन्थ्यो । स्थानीय धिमेबाजा तथा न्याउलीबाजा र्यालीको आकर्षण थियो । गोल्फुटारको बास्केटबल कोर्टसँगैको फुटबल मैदानमा भएको विशेष कार्यक्रममा नेपाल सरकार अन्तर्गत बिभिन्न अंगका प्रमुखहरु उपस्थिति थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दे बुनपा कार्यकारी अधिकृत विश्वराज मरासैनीले बुनपाले फोहरमेलाको क्षेत्रमा विशेष कार्यक्रम बनाउनु पर्ने बताए । मरासैनीले खुल्ला दिशामुक्त क्षेत्र घोषणाका लागि राजनीतिक दलहरु, सामाजिक संघसंस्था तथा स्थानीयवासीले देखाएको सदासयता तथा सहयोगी भावनाको प्रशंसा गरे । कार्यक्रममा करिब ५०० स्थानीयवासीको उपस्थिति थियो ।

केही फोटाहरू:

 

तपाइँको प्रतिक्रिया ।