बुनपामा १ महिने व्यवसायमूलक निःशुल्क तालिम कार्यक्रम, फर्म संकलन गरिँदै

कपन अनलाइन, काठमाडौँ । बुनपामा १ महिने व्यवसायमूलक तालिम कार्यक्रम आयोजना हुने भएको छ । बुनपा १२ को नवदुर्गा सामुदायिक भवनमा आयोजना गरिन लागेको व्यवसायमूलक तालिम कार्यक्रममा नयाँ व्यवसायमा कसरी लाग्ने तथा आफ्नो भएको व्यवसायलाई कसरी बिस्तार गर्नेजस्ता विषयमा आधिरित हुने कार्यक्रम संयोजक सुदर्शन केसीले कपन अनलाइनलाई बताए । केसीका अनुसार तालिममा बजार व्यवस्थापन, विदेश तथा स्वदेशमा गएर सेल्स पर्सनको रुपमा काम कसरी गर्नेजस्ता विषयमा विस्तारपूर्वक तालिम दिइनेछ ।

 
बुनपामा सम्भवतः पहिलो पटक हुन लागेको यो तालिममा सबैखाले उमेरका मानिसहरुले व्यवसायिक बन्ने अवधारणा बनाउनका लागि उपयोगी हुने बताइएको छ । नेपाल सरकार व्यसायिक तथा सिप विकास तालिम केन्द्रको सहयोगमा Kathmandu Institute of Hospitality Management द्वारा प्रदान गर्न लागिएको तालिम कार्यक्रम ४० जनालाई सहभागि गराइने कार्यक्रम संयोजक केसीले बताए । तालिम कार्यक्रम बैशाख १० गतेदेखि हरेक दिन बिहान ६बजेदेखि ११ बजेसम्म तथा ११ बजेदेखि ३ बजेसम्म गरी दुईवटा हुनेछ । दुवै कक्षामा २० -२० जना प्रशिक्षर्थी सहभागि हुनेछन् । नेपाली नागरिकता भएको ८ कक्षा पास गरेका व्यक्तिहरुले यो तालिममा भाग लिन सक्ने तालिममा सहभागि हुन बैशाख ८ गतेभित्र फारम भरिसक्नु पर्ने संयोजक केसीले जानकारी दिए ।

तपाइँको प्रतिक्रिया ।