जीतको आधार तय गर्दै होमनाथ तिमल्सिना

कपन अनलाइन, काठमाडौँ । बुनपाको वडा नं. १२ लाई नेपाली कांग्रेसले आफ्नो मजबुत बिजयी आधार भएको वडाहरुमध्ये एक मान्दछ । इकाई सभापति होमनाथ तिमल्सिना यस वडामा नेकाको तर्फबाट उम्मेदवार बन्ने निश्चित मानिन्छ । लोकप्रिय, विकासप्रेमी तथा सामाजिक छवि भएका होमनाथ तिमल्सिनाको सरल स्वभावका कारण चर्चित मात्र हैन सर्वप्रिय बनेका मानिन्छन् । क्षेत्र नं. ४ नेकाभित्रको विवादले पनि होमनाथ तिमल्सिनालाई खासै छोएको छैन ।

 
रातोपुल र बुढानिलकण्ठबीचको दुरीले होमनाथ टिकटलाई छुन सक्दैन भनिन्छ भने क्षेत्रीय कमिटिको विवादले पनि होमनाथको जीतलाई असर नपार्ने देखिन्छ  । होमनाथको वडामा सतहीबाहेक गम्भीर विवाद नभएकोले वडा इकाईले सिफारिस गर्दा एक्लो नाम सिफारिस हुने अवस्था छ । पार्टीभित्र मात्र नभै उनको लोकप्रियतासँग विपक्षी पनि भयभित मानिन्छन् ।

 
व्यापारिक पृष्ठभूमिका होमनाथ लोकप्रिय हुनुमा उनमा रहेको आर्थिक पारदर्शिता तथा नैतिक बल पनि एक हो । राजनीतिक जीवनमा उनलाई दाग लगाउने कुनै पनि स्वरुप नभेटिनुले विपक्षीका लागि होमनाथ हाउगुजी बनेका छन्  ।

 
टिकट पाउने नपाउने भाग दौड गर्न नपर्ने भएकाले होमनाथ यतिखेर जीतका आधार तयका लागि आन्तरिक चुनावी रणनीतिमा व्यस्त छन् । वडालाई बिभिन्न भौगोलिक खण्डमा बिभाजित गरेर सबै खण्डमा चुनाव प्रचारप्रसार इकाई बनाउने तयारीमा छन् तिमिल्सिना । तिमल्सिना भन्छन्, “विपक्षलाई कमजोर मान्नु हुँदैन चुनावी मैदानमा, त्यसैले विपक्षको कमजारीलाई समात्ने प्रयासमा छु ।”

 
“वडामा विकास भनेको के के हो ? त्यसको अध्ययन र सूचिकरण गर्दैछु । चुनावी मैदानका लागि वडा विकासको छुट्टै घोषणपत्रको काम पनि गर्दैछु ।” तिमल्सिनाले थपे । युवाहरुको प्रेमी मानिने तिमिल्सिना युवा केन्द्रित सोचाइबाट विकासका खाका बनाउँदैछन् । होमनाथको अभियानमा विपक्षी पार्टीका चिनिएको नामहरु पनि प्रचारमा अहिलैदेखि जुटिसकेका छन् ।

तपाइँको प्रतिक्रिया ।