होमनाथ तिमिल्सिनाको कार्यक्रममा रौनक नै रौनक (फोटो फिचरसहित)

होमनाथ तिमिल्सिनाको कार्यक्रममा रौनक नै रौनक (फोटो फिचरसहित)

0U7A9529

कपन अनलाइन/बैशाख १८, २०७३
नेपाली कांग्रेस क्षेत्र नंं. ४ का प्रभावशाली युवा प्रतिनिधि हुन् होमनाथ तिमिल्सिना । सरल, सिधा तथा भद्र स्वभावका तिमिल्सिना कुरामा भन्दा काममा विश्वास गर्छन् । ०६४ सालदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका उनी जतिखेर पनि नेपाली कांग्रेसको संगठनको बारेमा सोचिरहेका हुन्छन् । नेपाली कांग्रेसको १२ औँ अधिवेशनमा पनि क्षेत्रीय प्रतिनिधिमा विजय भएका तिमिल्सिना पहिलो र दोस्रो दुुवै संबिधानसभा निर्वाचनमा सबैले सरहना गर्ने खालको भूमिका निर्वाह गरेका थिए । पार्टीको १२ औँ अधिवेशनमा उनी विजय भएपछि उनले तत्कालिन क्षेत्रीय समितिलाई एवम् सभासदका लागि नैतिक, भौतिक एवम् आर्थिक सबै क्षेत्रमा उच्चतम सहयोग गरे, जुन कुरा क्षेत्रका धेरैभन्दा धेरै व्यक्तिलाई भलिभाँती थाहा भएको विषय हो । व्यक्तिगतरुपमा व्यापारिक पृष्ठभूमिका होमनाथ सिमापार व्यापार संघका केन्द्रिय सदस्य हुन् भने क्षेत्र नंं ४ मा खेलकुदको क्षेत्रमा परिचित सदाबहार खेलकुद समाजका अध्यक्ष पनि हुन् ।

0U7A9458
यिनै होमनाथ तिमिल्सिना यतिखेर नेपाली कांग्रेस बुढानिलकण्ठ नगरपालिका वडा नं. १४ का सभापति छन् । साथै क्षेत्रीय सभापति राजु श्रेष्ठ र जिल्ला सभापति सबुज बानियाँको विश्वासिला व्यक्ति पनि हुन् उनी । इकाइमा सभापति भएपछि उनले आफ्ना क्रियाशील, समर्थक तथा सुभेच्छुकहरुलाई धन्यवाद दिने कार्यक्रम नयाँवर्षको अवसरमा पार्न चाहे । वैशाख १८ गते शनिवार आफ्ना भन्ने सबैलाई बेलाएर चिया खुवाउँदै शुभकामना तथा धन्यवाद दिन उनले आफ्ना टिमका साथीहरुलाई खटाए । राजुविक्रम थापा, सुमन चालिसे, बद्रि भट्टराई आदि साथीहरु मरिमेटेर सक्रिय भए । फलतः बैशाख १८ गते शनिवार बिहान एक विशेष कार्यक्रम आयोजना भयो । जसमा रौनकता नै रौनकता थियो । होमनाथक कार्यक्रमको तयारी, स्वरुप तथा भव्यता देखेर सबैले तारिफ गरे । कार्यक्रमलाई सम्बोधन गर्दै होमनाथ तिमिल्सिनाले आफूले सबैलाई समेटेर सुझबुझका साथ पार्टी संगठनलाई अगाडि बढाउने बताए । सबैलाई हातेमालो गर्न आग्रह गर्दै उनले गुट उपगुटका नाममा पार्टीका मानिसहरु तलमाथि नहुन पनि आग्रह गरे ।

0U7A9568
ढिलो गरी कार्यक्रममा आएका जिल्ला सभापति तथा कार्यक्रमका प्रमुख अतिथि सबुज बानियाँले पनि होमनाथको तारिफ गरे । होमनाथजस्ता कार्यकर्ताका कारण पार्टी उँचाईमा रहेको बताए बानियाँले । कार्यक्रममा पार्टीका तर्फबाट बानियाँले प्रधानमन्त्रिको राजिनामा माग्दै यो सरकारको औचित्य सकिएको पनि बताए ।

0U7A9486
क्षेत्रीय सभापति राजु श्रेष्ठले पनि होमनाथ तिमिल्सिनाको प्रशंसा गर्दै नेपाली कांग्रुेसमा आफूले सबैलाई समेटेर तथा साथमा लिएर अगाडि बढ्ने बताउँदै सबैलाई साथमा साथ हातमा मिलाउन अनुरोध गरे । श्रेष्ठले होमनाथजस्ता व्यक्तिका कारण आफ्नो कार्यकाल सफल र प्रभावकारी बन्ने बताए । कार्यक्रमलाई सम्बोधन गर्दै महासमिति सदस्य कर्माछिरिङ शेर्पाले पार्टीलाई असल र सार्थक कार्यकर्ताको खाँचो भएको हुँदा पार्टीभित्रका गलत प्रवृत्ति र पात्रहरुलाई विस्तारै पाखा लाउन आवश्यक रहेको बताए । कार्यक्रमलाई आत्माराम पौडेल, गोकर्ण के.सी. केशव पाठक, सुनित चालिसेलगायतले पनि सम्बोधन गरेका थिए ।

0U7A9516
कार्यक्रमको रौनकता यत्तिले सकिएन । कार्यक्रममा मनोनित भएका इकाई सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । मनोनित गर्दा पनि होमनाथले धेरैलाई समेटे । आफूसँग चुनावी प्रकृयामा पराजित भएका टंक सापकोटादेखि धेरै युवा अनुहारलाई मनोनितमा समेटे उनले । त्यसैगरी अलि धेरै नै ठूलो स्वरुपको सल्लाहकार समिति पनि बनाए होमनाथले । उनले पूर्व इकाई सभापति तथा कपनमा चिनिइएका नेका नेता मधुसुदन पौडेलको संयोजकत्वमा बनाएको सल्लाहकार समितिमा साहित्यकार, इन्जिनियर, पत्रकारलगायतका महत्वपूर्ण व्यक्ति समेटिएका छन् । कार्यक्रममा वडा नं. १४ बाट क्षेत्रीय प्रतिनिधिमा निर्विरोध बनेकी महिला सदस्य मन्जु खतिवडालाई क्षेत्रीय सदस्यमा मनोनित गरिएको खबरमात्र सुनाइएन, खतिवडालाई सोही कार्यक्रममा क्षेत्रीय सभापति राजु श्रेष्ठले प्रमाणपत्र पनि दिन भ्याए ।

0U7A9508

गगन थापा र राजु श्रेष्ठको नामा विभाजित भएको नेपाली कांग्रेस क्षेत्र नं. ४ मा यतिखेर राजु श्रेष्ठ सांगठनिक कृयाकलापमा सक्रिय रहेका छन् । वडा नं. १४ मा गरिएको यो कार्यक्रम पनि थापा र श्रेष्ठबीचको शक्ति प्रदर्शनकै एउटा स्वरुप थियो, जसमा राजु श्रेष्ठ निकै अब्बल देखिए । गगन थापाका भनिने कतिपय व्यक्तिहरुलाई यस कार्यक्रममा राजु श्रेष्ठले फूलमाला लाउन भ्याए ।

कार्यक्रमका केही तस्वीरहरू:

0U7A9477 0U7A9503 0U7A9472 0U7A9496 0U7A9490 0U7A9486 0U7A9479 0U7A9586 0U7A9452 0U7A9455 0U7A9538 0U7A9537 0U7A9529 0U7A9520

तपाइँको प्रतिक्रिया ।