कुनै दलले भाग नलिएपनि निर्वाचन रोकिँदैन : नेता पुन

कपन अनलाइन 

काठमाडौं, १८ चैत । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले कुनै दलले भाग नलिएपनि स्थानीय तहको निर्वाचन नरोकिने बताएका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता पुनले भने, ‘ निर्वाचनको प्रक्रिया धेरै अघि बढिसक्यो, अब निर्वाचन हुँदैन कि भनेर कसैलेपनि शंका गर्नुहुँदैन, अब रोकिने र नहुने भन्ने हुँदैन्, कारणवश कुनै दल छुटे पछि उनीहरुलाई क्षतिपूर्तिसहित प्रदेश र संघीय निर्वाचनमा समेटिनेछ ।’

पुनले संविधान कार्यान्वयनको लागि पनि निर्वाचन आवश्यक रहेको भन्दै निर्वाचनका लागि सरकार अघि बढिसकेको बताए । उनले घोषित मितिमै स्थानीय तहको निर्वाचन हुने विश्वास व्यक्त गरे । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन जानु अघि नै असन्तुष्ट मधेशी मोर्चा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग एक किसिमको अनौपचारिक समझदारी बनिसकेको दावी गरे ।

तपाइँको प्रतिक्रिया ।