हराएको मोटरसाईकल सम्बन्धित धनीलाई हस्तान्तरण

कपन अनलाइन /सिन्धुपाल्चोक 

मेलम्ची  प्रहरीले चोरीका सवारी साधनहरु माथि विशेष अप्रेशन चलाएको छ । ईलाका प्रहरी कार्यालय मेलम्चिमा नयाँ प्रहरी उपरीक्षक नबराज ढुंगाना आएपछि एक महिना अवधिमा सबैभन्दा बढि चोरीका सवारी साधनहरू माथि कारबाही गरिएको छ ।

बिभिन्न मितिमा बिभिन्न स्थानबाट  हराएका ५ थान मोटरसाईकल ईलाका प्रहरी कार्यालय मेलम्चिमा एक कार्यक्रमका साथ प्रहरी निरीक्षक नबराज ढुंगानाले सम्बन्धित धनीहरूलाई आज  हस्तान्तरण गरेका छन् ।

सवारी धनी मच्छे नारायण श्रेष्ठ ,को भक्तपुरबाट मिति २०७३/११/१९ गते हराएको बा ६५ प ४४२ निलो कलरको १५० सि.सि.को पल्सर मोटरसाइकल चैत्र २२ गते ३ दिनमानमै फेला परेको छ भने सवारी धनि पबिन तामाङ सिन्धुपाल्चोक हगाम  ५ बाट मिति २०७३/०२/२९ गते  हराएको बा. ६३ प. ९४८० को २२० सि.सि को पल्सर मोटरसाइकल  मिति २०७३/११/२५ गते  फेला परेको थियो ।

लोक बहादुर भुजेलको मिति २०७३/०९/२५ गते हराएको बा ७० प ६८७२ को  कालो निलो कलरको १५० सि.सि को पल्सर मोटरसाइकल  मिति २०७३/११/२३ गते  फेला परेको थियो ।यसैगरी दिपक श्रेष्ठको २०७३/०२/२९ गते  भक्तपुर पुरानो ठिमि बाट हराएको बा ६७ प ७६८६  नम्बरको कालो सेतो कलरको १५० सि.सि को पल्सर मोटरसाइकल  मिति २०७३्११्२५ गते  फेला परेको हो ।

सवारी धनि सुमन राई  को मिति २०७३/११/०२ गते  हराएको बा ७०प ३९ को कालो रातो कलरको १५० सि.सि को पल्सर मोटरसाइकल  मिति २०७३/१२/०३ गते फेला परेको हो । “मोटरसाइकल चेकजाँचका क्रममा फेला पारिने भएपनि मोटरसाइकल चढेर आउने व्यक्तिलाई सिधैँ मोटरसाइकल चोर भन्न नमिल्ने र चेकजाँचका क्रममा कोहिले बिल बुक ल्याउँछु भनेर गएपछि मोटरसाइकल चोर रहेछ भने फर्केर आउँदैनन्”  ढुंगानाले भने ।

तपाइँको प्रतिक्रिया ।