बुनपामा राप्रपाबाट सानुकान्छालाई मेयर बनाउने तयारी गर्दै सानुभाइ
कपन अनलाइन, काठमाडौँ ।
राप्रपा काठमाडौं क्षेत्र नं. ४ मा अध्यक्षमा सानुभाइ तामाङ आइते आएपछि सांगठनिक विस्तारमा राप्रपा लागेको छ । बिभिन्न पार्टीका मानिसहरु राप्रपामा आउने क्रममा बढ्दै गएको सानुभाइ बताउँछन् । स्थानीय युवाहरुमा बलियो पकड भएका सानुभाइ राप्रपा क्षेत्र नं. ४ कमान्डर भएपछि आसन्न स्थानीय निकाय चुनावमा राम्रो प्रदर्शन गर्ने तयारीमा रहेका छन् ।
स्थानीय निकायमा वडाको टिकट बाँड्ने काम क्षेत्रीय अध्यक्षले नै गर्ने भएकाले वडामा कसलाई उठाउने विषयमा सानुभाइ तामाङ यतिखेर सक्रिय रहेका छन् । मेयर उपमेयर टिकट कसलाई दिने बारेमा तामाङमा सचेत बनेका छन् । कसलाई उठाउँदा पार्टीको प्रदर्शन राम्रो हुने र वडाहरुमा फाइदा हुने जोडघटाउमा उनी लागेका छन् । उनले मेयर पदका लागि सानुकान्छा श्रेष्ठलाई अघि सार्ने प्रयास गरेका छन् । वडा नं. १३ चुनिखेलका सानुकान्छा श्रेष्ठ बुनपामा जनाधार भएका व्यक्तिका रुपमा चिनिने भएकाले श्रेष्ठलाई मेयर उठाउने तयारीमा आफू रहेको सानुभाइ बताउँछन् ।
राप्रपाले सानुकान्छा श्रेष्ठलाई मेयर पदमा उम्मेदवारी दिनुसँगै चुनिखेलको अन्य राजनीतिक पार्टीको अनुमान र आंकलन कमजोर हुने बताइन्छ । साथै यो वडामा राप्रपा मजबुत हुने पनि बताइन्छ । यसैगरी बुनपाको वडा नं. ६ र ७ पनि राप्रपाका लागि राम्रो जनधार भएको वडाहरुको रुपमा लिइन्छ । राप्रपा नेपाल र राप्रपा एक भएपछि बुनपामा राप्रपाको हैसियत बलियो भएको मानिन्छ