नेतैनेता भएको बुनपा वडा नं. ११ मा राजेन्द्र अधिकारी जुँगे सबैलाई चुनौति बन्दै

कपन अनलाइन, काठमाडौँ । 

राजेन्द्र अधिकारी नेपाली कांग्रेस कपनमा परिचित नाम हो । कांग्रेसका हरेक गतिबिधिमा उनी सक्रिय सहभागि हुन्छन् । सामाजिक कृयाकलापमा पनि उनको सक्रियता प्रखर रहेको छ । विकासका गतिबिधिमा उनको सक्रियता प्रशंसनीय मानिन्छ । बाटो पिच गर्नेदेखि मन्दिर बनाउने साथै खानेपानीका गतिबिधिमा पनि राजेन्द्र अधिकारी दौडिरहेका हुन्छन् । यद्यपि उनले अहिलेसम्म कुनै पदीय महत्वलाई उनले ध्यान दिएका छैनन् ।
स्थानीय निकाय चुनावको सन्दर्भ देशभरी चलिरहेका बेला जुँगे उपनामले चिनिने राजेन्द्र अधिकारीले नवनिर्मित ११ नं. वडामा वडाध्यक्ष बन्ने चासो राखेका छन् । अबको वडाध्यक्ष विकासे कार्यकर्ता हुनुपर्ने धारण राख्ने राजेन्द्र अधिकारी युवालाई विकासमा अगाडि बढाउन पर्ने बताउँछन् । २० वर्षपछि हुन लागेको स्थानीय निकाय चुनावमा फेरि २० वर्ष अघिका पात्रलाई नै ल्याउने हो भने विकासमा पहल र फरकपन नआउने उनी बताउँछन् ।
स्थानीयरुपमा धेरै मानिससँग परिचितमात्र हैन सबै तहतप्कासँग उनी सानिध्यता रहेको छ । उनी क्षेत्रीय सभापति राजु श्रेष्ठ, सांसद गगन थापासँग मात्र हैन प्रकाशमान सिंहसँग पनि नजिक छन् । पुराना कपनका मानिस हुन् वा नयाँ आएका सबैसँग दैनिक भेटघाटमा अधिकारी सक्रिय छन् । शेर्पा समुदायदेखि दलित बस्तीसम्म उनी सबैभन्दा नजिकका स्थानीय नेताको रुपमा लिइन्छ ।
बुनपाका वडाहरुमा भएको फेरबदलबाट बनेको वडा नं. ११ यतिखेर सबैभन्दा चर्चामा रहेको छ । तत्कालिन ३ वटा वडाहरु मिलेर बनेको यस वडामा बुनपा र क्षेत्र नं. ४ का धेरैभन्दा धेरै नेकाका नेताहरु बस्दछन् । धेरै नेता भएको वडा भएका कारण यहाँका कतिपय नेताको भविष्यसमेत खतरामा परेका मानिन्छ । महासमिति सदस्य, क्षेत्रीय सचिवसहित थुप्रै नेताहरु यस वडामा रहे पनि बुनपाको मेयर पदका लागि यी व्यक्तिहरुले दरो पाइला चाल्न सकेका छैनन् ।

 

वडाध्यक्षमा धेरैले दावी गर्न सक्ने आंकलन भएको यस वडामा राजेन्द्र अधिकारी जुँगेसहितका आधा दर्जन प्रत्याशी रहेकोमा साविक कपन गाविसको वडा नं. २ का अधिकारीको जनाधार र लोकप्रियता अरुभन्दा अगाडि मानिन्छन् । एमालेका सम्भावित उम्मेदवारलाई मध्यनजर राख्दा पनि राजेन्द्र अधिकारीलाई नेकाले विश्वास गर्नु फाइदा हुने मानिन्छ ।
माथिल्लो स्तरका नेताहरुसँग को कति नजिक हुनेसँग सम्बन्धित मानिने वडाध्यक्षमा आधा दर्जन नेकाका स्थानीय नेताहरुले दावी गरिरहेका छन् । यसरी दावी गर्नेहरुमा राजेन्द्र अधिकारी(जुँगे) सँगै अच्युत पौडेल, राधेश्याम कार्की, रामकृष्ण केसीलगायतका छन् । यिनीहरुबाहेक पनि धेरैले यो वडामा दावी गर्न सक्ने बताइन्छ । यो वडामा एमाले राजु अधिकारीको सम्भावना बलियो मानिन्छ । एमाओवादीबाट को उठ्ने पक्का नभए पनि विक्रम अधिकारीको नाम अगाडि आएको छ ।

तपाइँको प्रतिक्रिया ।