श्याम डोटेलपछि नारदमणि घिमिरेले पनि वडाध्यक्षको दावी गरे

कपन अनलाइन, काठमाडौँ ।  २०७४ बैशाख ३१ गते घोषणा गरिएको स्थानीय निर्वाचनले टोल टोलमा चुनावी सरगर्मी बढ्दो छ  । देशमा पछिल्लो समय गठन गरिएको नगरपालिकामध्ये जनसंख्याका आधारमा ठूलो मानिएको बुढानीलकण्ठ नगरपालिकामा पनि चुनावको रौनक बढेको छ, सरगर्मी  बढेको छ ।

 

बुनपाको मेयर र उपमेयरको दावी गर्दै विभिन्न व्यक्तिले सामाजिक सञ्जाल र विभिन्न मिडियामार्फत गरेर आफ्नो दावी प्रस्तुत गरिरहेका छन् । यस नगरका वडाहरूमा पनि बिभिन्न पार्टीका नेताहरूले आफ्नो दावेदारी प्रस्तुत गर्न थालेका छन् । बुनपाको सबैभन्दा धेरै जनसंख्या भएको वडा कपनस्थित वडा १०(पहिला वडा नं १२) मा नेकाका स्थानीय नेताहरूले वडाध्यक्षमा आफ्नो दावेदारी प्रस्तुत गर्ने सिलसिला जारी छ ।

 

नेका इकाइ सभापति श्याम डोटेलले वडाध्यक्षको उम्मेदवारमा दावी गरेको केही दिनमा  यस वडामा नेपाली कांग्रेसका निर्वतमान वडा नम्बर १२ का पूर्व सभापति नारदमणि घिमिरेले आफ्नो वडाध्यक्षमा दावी रहेको बताएका छन् । वडामा बौद्धिक नेतृत्वको छवि बनाएका नारदमणि घिमिरेले कपनअनलाइनसँगको एक अनौपचारिक भेटमा वडा १० को वडा अध्यक्षमा आफ्नो दावेदारी प्रस्तुत गरेको बताए  ।

 

घिमिरेले पार्टीले आफूलाई वडा नम्बर १२ को अध्यक्षमा विश्वास गर्ने बताउँदै संस्थापन तथा कृष्ण सिटौला र गगन थापालगायतले नेतृत्व गरेको नेपाली कांग्रेसको तेस्रो धारको पनि आफू निर्विकल्प उम्मेद्वार हुने बताएका छन् । उनले क्षेत्र नम्बर चार अन्तर्गतको बुढानीलकण्ठ नगरपालिकाको वडा नम्बर १२ मा सबैलाई मिलाएर लानसक्ने पात्रमा पार्टीले आफूलाई विश्वास गर्ने बताए । जीतको आधारसहित उपयुक्त समय आएपछि यस विषयमा थप बोल्ने पनि उनले बताए ।

तपाइँको प्रतिक्रिया ।