'हरित कपन' कार्यक्रमको प्रस्ताव, ३००० चेरीको बोट बाँड्ने योजना

कपनको ८ र ९ वडालाई पैंयुटार पनि भनिने भएकोले कपनसँग जोडिएको चेरीलाई छनौट गरिएको हो । विश्वप्रसिद्ध चेरी, नेपाल तथा कपनमा छ्यास्छ्यास्ति पाइने पैंयु जातको वनस्पति हो । चेरीलाई नेपालीमा पैंयु नै भनिन्छ ।

करिब २० वर्षदेखि अव्यबस्थित एवम् अनियन्त्रित रुपमा बस्ति निर्माणको क्रममा शहरीकरण देखिए पनि वातावरणीय एवम् पर्यावरणीय हिसाबले कुरुप बन्दै गएको कपन गाविसलाई ‘हरित कपन’ कार्यक्रमको प्रस्ताव ल्याइने भएको छ । पर्यावरण शुल्क भनेर कपनवासी हेरक घरले वार्षिक करिब २० रुपैंया तिर्दै आएको तर पर्यावरणमा कुनै काम हुन नसकेकोले पनि यो कार्यक्रमको प्रस्ताव ल्याइएको हो । करिब ३ लाख ५०   हजार रुपैंया बराबरको यो कार्यक्रम लागु भएको खण्डमा गाविसस्तरबाट हुने काठमाडौं जिल्लामा पर्यावरण शीर्षकमा हुने सबैभन्दा महत्वपूर्ण कार्यक्रम हुनेछ ।

 

कपन गाविसअन्तर्गत विशेषगरेर १,२,३ र ८ नं. वडामा कंक्रिटको जंगललाई हरित बनाउने हेतुले प्रस्ताव गरिन लागिएको यो कार्यक्रमअन्तर्गत छिटो ठूलो हुने, लामो समय टिक्ने, वातावरण मैत्री एवम् उपयोग गर्न सकिने वनस्पतिलाई यी वडाका हरेक घरमा पहिलो वर्ष १ वटाको दरले बाँडिनेछ । यसअन्तर्गत कपनको हावापानीमा राम्रो हुनसक्ने चेरीको रुखलाई वितरण गरिने कार्यक्रम बनेको छ ।
विश्वप्रसिद्ध चेरी, नेपाल तथा कपनमा छ्यास्छ्यास्ति पाइने पैंयु जातको वनस्पति हो । चेरीलाई नेपालीमा पैंयु नै भनिन्छ । कपनको ८ र ९ वडालाई पैंयुटार पनि भनिने भएकोले कपनसँग जोडिएको चेरीलाई छनौट गरिएको हो । चेरी खाने फलको रुपमा प्रयोग गरिने बनस्पति हो । यो लगाइएको २ वर्षपछि फल्न थाल्छ । हरेक वर्ष १५ देखि २० केजी फल फल्न थाल्छ । मानव स्वास्थ्यका लागि चेरी अति फाइदाजनकमात्र हैन अत्यन्त मिठो फल पनि हो । ठूलो खाले गमला तथा बोरामा पनि लगाउन सकिने भएकोले जग्गा कम भएका घरमा पनि यस वनस्पतिलाई लगाउन सकिन्छ । १५ फुट देखि २५ फुट सम्म अग्लो हुने यो बनस्पति घरको नजिकमा लगाउन उपयुक्त मानिन्छ

चेरीको फूल विश्वमै सबैभन्दा राम्रो फूल मानिन्छ । यो कार्यक्रम लागु हुन सक्यो भने कपनलाई चेरी गाविसको रुपमा चिनाउन सकिनेछ ।

तपाइँको प्रतिक्रिया ।