नेपाल एयरलाइन्सको ६ वटा नयाँ मध्यमस्तरको प्लेन

लामो समयदेखि अन्तर्राष्टिय हवाई सेवामा नियमित उडान भर्न नसकिरहेको राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सलाई सरकारले ६ वटा नयाँ प्लेन किनिदिने प्रकृया शुरु गरेको छ ।

सरकारले चीनसँग ३ अर्ब रुपियाँभन्दा बढीमा एकैपल्ट छ वटा जहाज किन्ने निर्णय गरेको छ। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगममा हिजो चिनियाँ टोलीसँग भएको वार्तापछि जहाज किन्ने निर्णय भएको हो। निगमका उच्च अधिकारीहरू र चिनियाँ जहाज निर्माता कम्पनी एभिक होल्डिङ्सका उच्च अधिकारीहरूबीच दुई दिन लगातार भएको वार्तापछि शुक्रबार जहाज किन्ने निर्णय भएको हो।

करिब ६० सिट क्षमताका ‘एमए-६०’ मोडेलका दुई र १९ सिटयुक्त ‘वाई १२-ई’ मोडेलका चार वटा जहाज किन्ने निर्णय भएको हो। तीमध्ये एउटा एमए-६० र एउटा वाई १२-ई अनुदानमा तथा बाँकी एउटा एमए-६० र तीन वटा वाई १२-ई सहुलियत ऋणमा दिन चीन सहमत भएको हो।
प्रस्ताव अनुसार चार महिनाभित्र एउटा एमए-६० र एउटा वाई १२-ई जहाज काठमाडौँ आइपुग्छ। यी दुवै जहाज अनुदानमा आउने हुन्।
ती दुई जहाज आएको छ महिनाभित्र पुनः एक-एकवटा एमए-६० र वाई १२-ई र त्यसको आठ महिनाभित्र बाँकी दुई वाई १२-ई जहाज आउनेछन्।
तपाइँको प्रतिक्रिया ।