हेर्नुहोस गोकर्णेश्वर नगरपालिकाको आर्थिक वर्ष २०७४/७५ को बजेट पुस्तिका
कपन अनलाइन
गोकर्णेश्वर नगरपालिका नेपालकै ठूलाे सहर काठमाडाै जिल्लाकाे उत्तरपूर्वमा अवस्थित यस नगरपालिका नेपाल सरकार मन्त्री परिषदको मिति २०७१ साल मंसिर १६ गते घाेषाणा भएको नयाँ नगरपालका हो । साविकका पाँच गा.वि.स हरु सुन्दरीजल , नयाँपाटी,वालुवा, गाेकर्णेश्वर र जोरपाटीलाई सम्मिलित गराई गठन भएकाे यस गोकर्णेश्वर नगरपालिकामा १६ वटा वडाहरु छन् भने यसकाे केन्द्र जोरपाटी रहेको छ ।
भौगोलिक बिविधता,अाफ्नै मौलिकता,महत्वपूर्ण तथा एेतिहाँसिक धार्मिक स्थल र पबित्र नदी वागमतीले शुशाेभित यस नगरपालिकाकाे भू वनाेवटमा टार,वेसी,भिरपाखा,फाँट र जङ्गल अादिको समिश्रण रहेको छ । यसको पूर्वी सिमानामा का.म.न.पा वडा नं ६ र बुढानिकण्ठ नगरपालिका रहेको छ । पश्चिम दक्षिमा कागेश्वरी मनहरा नगरपालिका रहेको छ । उत्तरमा शिवपूरी राष्ट्रिय निकुञ्ज र नुवाकोट जिल्लाको सिमाना रहेको छ ।
यस नगरपालिकाको कुल क्षेत्रफल ५८ दशमलव ५ वर्गकिलोमिटर रहेको छ । २०६८ सालको जनगणना अनुसार यस नगपालिकाको जनसंख्या १०७३५१ रहेको छ भने व्यापक वसाई सराईका कारण हाल यस नगरपालिकाको जनसंख्या करिव दुइ लाखको हाराहारीमा रहेको अनुमान छ ।
हेर्नुहोस नगरपालिका ले आर्थिक वर्ष २०७४/७५ को लागि बिनियोजन गरेको निर्णय पुस्तिका