विवाह समारोहमा डेढ दर्जनभन्दा बढी मोबाइल चोरी

कपन अनलाइन 

महोत्तरी, ११ माघ । महोत्तरीको गौशालामा भएको एक विवाह समारोहमा डेढ दर्जनभन्दा बढी मोबाइल चोरी भएको घटना आज सार्वजानिक भएको छ ।

गौशाला–७ का निशान्त साहको बहिनी रोजी साहको गत आइतबार भएको विवाह समारोहमा १९ वटा विभिन्न कम्पनीका मोबाइल चोरी भएको हो ।

विवाहमा सरिक भएका अतिथि एवम् आफन्तहरु राती सुतेको मौका छोपी सो परिमाणको मोबाइल क्रमिक रुपमा चोरी भएको पीडित निशान्तले बताउनुभयो ।

विभिन्न व्यक्तिका गरी चोरी भएका मोबाइल करिब रु चार लाख मूल्य बराबरको रहेको उनले जानकारी दिनुभयो । सो घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले बताउनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।