बुढानिलकण्ठको २० बर्षे दीर्घकालिन सोचहरु यस्तो छ

बुढानिलकण्ठको २० बर्षे  दीर्घकालिन  सोचहरु यस्तो छ

कपन अनलाइन

नगरपालिकाको आगामी आ।व।२०७४।०७५ को लागी तेश्रो नगरपरिषद्बाट स्वीकृत नीति, कार्यक्रम तथा बजेट सार्वजनिक कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत  विश्वराज मरासेनीले प्रस्तुत गरेको नगरपालिकाको २० वर्षे दीर्घकालीन योजना यस्ताछन ।

पूर्वाधार र सुविधासम्पन्न नगर बनाई उपमहानगरपालिका घोषणाको लागी पहल गरिने छ ।

बुढानिलकण्ठ—गुम्बा—बाग्द्धार—शहिदपार्क जोड्ने गरी केबलकार संचालन गर्न संभाव्यता अध्ययन गरी गुरुयोजना तयार पारी निजी क्षेत्रको साझेदारीमा अगाडी बढाइने छ ।

पूर्ण सरसफाईयुक्त नगरपालिका निर्माण गर्ने । नदी कोरिडोरमा जलचर जीउन सक्ने वातावरण तयार गर्न सरसफाई अभियान संचालन गरिने छ ।

पूर्ण सुरक्षित नगर बनाउन जाइका, नेपाल रेडक्रस सोसाईटी लगायत अन्य संघसंस्था र आम नगरबासीको समन्वयमा कार्य अगाडी बढाइने छ ।

उद्यमशील नगरतर्फ उन्मुख गराई विविध क्षेत्रमा रोजगारीको अवसर सिर्जना गरिने छ ।

राष्ट्रिय निकुञ्ज तथा सामुदायिक बनहरुसँग समन्वय गरी पिकनिक स्पोर्ट सहितका मनोरन्जनस्थल निर्माण गरिने छ ।

वातावरणमैत्री नगर बनाउन हरियाली प्रबद्र्धन कार्यक्रम संचालन गरिने छ ।

नगरका सबै स्थानमा एम्बुलेन्स, दमकल तथा अन्य सवारी साधन जानसक्ने सडकको निर्माण गरिने छ ।

सांस्कृतिक सम्पदा तथा पुराना बस्ती संरक्षण गरी धार्मिक पर्यटन प्रबद्र्धन गरिने छ ।

आम नगरबासीलाई आधारभुत स्वास्थ्य सुविधा पु¥याउन नगरस्तरीय अस्पताल स्थापना गरी सेवा विस्तार गरिने छ ।

बुढानिलकण्ठ नगरलाई आकर्षक आवासीय नगर क्षेत्रको रुपमा विकास गरिने छ ।

 

 

तपाइँको प्रतिक्रिया ।