शैक्षिक तथा धार्मिक महोत्सब प्रचार प्रसारका लागि ४ वटा उपसमिति गठन

शैक्षिक तथा धार्मिक महोत्सब प्रचार प्रसारका लागि ४ वटा उपसमिति गठन

कपन अनलाइन 

एकेन्द्र महता /अछाम

शैक्षिक तथा धार्मिक महोत्सव २०७३ को मूल समितिको वैठकले अछामका प्रमुख ब्यापारी केन्द्र हरुमा प्रचार प्रसार गर्नको लागि ४ वटा उपसमिति गठन गरेको छ । क्षेत्र नम्बर १ को साफेबगर, बयलपाटा, जयगढ र मुजाबगर लगायतका वजारहरुका लागी राम ब शाही को सयोजकत्व मा ५ सदस्यीये समिति गठन गरेको छ भने क्षेत्र नम्वर २ का कमलबजार, बिनायक, तुर्माखाद, ढकारी लगाएतका स्थानहरुका लागी पदम् बोहरको सयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ ।

यस्तै मंगलसेनको लागि सारदा शाहको सयोजकत्वमा पनी ५ सदस्यीय समिति गठन गरिएको छ । मुल आयोजक समितिका संयोजक पदम वोहराको अध्यक्षतामा भएको उक्त वैठकले मुलसमितिमा ४ जना सदस्यहरु थप गरेको प्रचार प्रसार उपसमितिका संयोजक वम स्वाँरले बताए। जिल्लाको सदरमुकाम मंगलसेनमा रहेको अछाम वहुमुखी क्याम्पसमा स्नात्तोकोत्तर तह संचालन तथा प्राविधिक शिक्षालय स्थापना गर्ने उदेश्यले यही माघ २१ गते देखि २८ गते सम्म अछाम शैक्षिक तथा धार्मिक महोत्सव २०७३ आयोजना गरिएको छ ।

अन्तराष्टिय भक्ति योग फाउन्डेशनका अन्तराष्टिय भागवत भुषण आचार्य नारायणशरण पूज्य सञ्जेलजीमहाराजद्धारा शैक्षिक तथा धार्मिक महोत्सवमा कथा वाचन गरिने समितिका प्रवक्ता ललित केसीले बताउनु भयो । स्नातक तह सम्म मात्र अध्यापन गराउँदै आएको क्याम्पसमा स्नातकोत्तर तह संचालन भए यस जिल्लाका हजारौ विद्यार्थी Cलाभान्वीत हुने र यसै जिल्लामा प्राविधिक शिक्षा अध्यन गर्न पाउने भएकाले आ आफनो क्षेत्रवाट सक्दो सहयोग गरिदिन महोत्सव मुल आयोजक समितीका संयोजक पदम वोहराले सवैमा अनुरोध गर्नु भएको छ ।

यस्तै अछाम शैक्षिक तथा धार्मिक महोत्सब २०७३ लाई सफल पार्न पुर्व विद्यार्थी समन्वय उपसमितिको वैठकले विभिन्न निर्णय सार्वजनिक गरेको छ । समितिका संयोजक एवं पुर्व विद्यार्थी संघका अध्यक्ष ललित केसीको अध्यक्ष्यतामा भएको वैठकले समितिमा १० जना सदस्य थप गरेर समिति विस्तार गरेको छ । यस्तै वैठकले महोत्सव सफल पार्न पुर्व विध्यार्थि समन्वय समितिले आफ्नो तर्फवाट सक्दो सहयोग गर्ने र यसका लागी सम्पुर्ण पुर्व विद्यार्थीहरु संग यही माघ १२ गते वृहत छलफल गर्ने लगायतका निर्णय गरिएका छन ।

वैठकमा समितिका सदस्य दिल वहादुर केसी, शिद्धराज ढुंगाना, दान वहादुर वुढा लगायतको उपस्थिती रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।