तारेभीर महोत्सव सफल भएकोमा खुशी छन् श्रीकृष्ण ज्योती
कपन अनलाइन, काठमाडौँ । तारेभीर महोत्सव सकिए पछि आयोजक तथा बाहिरबाट महोत्सव सफल भएको कुराहरु आउन थालेका छन् । गोकर्णेश्वर नगरपालिकामा नेकाका प्रतिनिधि ज्योती महोत्सव अघिल्लाका दुई संस्करणभन्दा यो महोत्सव सफल भएको बताए । स्थानीय महत्वको तारेभीरलाई राष्ट्रिय समाचार बनाउन सक्नु ठूलो कुरा बताए । विश्वकै उत्कृष्ट गन्तव्य बन्ने उनी सपना देख्छन् । यसका लागि बुढानिलकण्ठ नगरपालिकासँग पनि समन्वय हुनु पर्ने उनको धारणा छ ।
नगरपालिका नगरपालिकाबीच सम्बन्ध विस्तारको कामहरु बढाउने प्रकृया अगाडि बढ्ने क्रममा कागेश्वरी मनहरा नगरपालिकासँग विकाससँग साझेदारी हुने खालको नाता गाँसिइ सकेको बताउँछन् उनी । यसपाला बुढानिकण्ठ नगरपालिकाले राखेको चासोप्रति उनले खुसी वक्त गरे ।
नगरपालिकाले बजेट अभावमा पनि तारेभीर महोत्सवका लागि केही बजेट विनियोजन भएको बताए । भर्खर बनेको नगरपालिका भएकाले बजेटको अभाव भएको भए पनि नगरको सहजीकरण समिति महोत्सवको व्ययभारको ठूलै हिस्सा ब्यहोर्ने मनसायमा रहेको बताउँछन् यस क्षेत्रका पूराना नेता श्रीकृष्ण ज्योती बताउँछन् ।
राष्ट्रिय बजेटको उपयोग नगरेसम्म गोकर्णेश्वर नगरपलिकाको तत्काल विकास हुन सक्ने अवस्था नभएकोले सबैको मेहनेतबाट केही सडकलाई राष्ट्रिय योजनामा पारिएको बताउँछन् । तारेभीरसम्म जाने बाटो करिब २९ करोडमा बन्नका लागि टेन्डर भैसकेको जानकारी गराउँदै ज्योतीले अरु केही लामो दुरीको बाटो यो वर्ष उपत्यका विकास प्राधिकरणअन्तर्गत सडक बिभागले बनाउने बताए ।
टुक्रे बजेटका कारण नगरको विकास हुन गारो भएकाले योजनाबद्ध विकासका लागि यो वर्षबाट पहल भैरहेको पनि उनले बताए ।