बालबालिकालाईअसल मानव बनाउने अभियानमा स्काउट

बालबालिकालाईअसल मानव बनाउने अभियानमा स्काउट

कपन अनलाइन, एकेन्द्र महता /अछाम । नेपाल स्काउटका प्रमुख आयुक्त रबिन दाहालले बालवालिकाको शारीरिक र मानसिक विकास गर्दै असल मानव बनाँउने अभियान नै स्काउट अभियान भएको बताएका छन् । जिल्ला स्काउट कार्यालय अछामको नवनिर्मित भवनको उदघाटन गर्दै प्रमुख आयुक्त दाहालले हरेक स्काउट सदस्यले आफ्नो जीवनमा आईपर्ने समस्याको सहज समाधान गर्न र सकारात्मक सोचाईका साथ सार्थक जीवन जिउन प्रेरित गर्न नेपाल स्काउट लागिरहेको बताए ।अछामका स्काउट बालवालिकाको स्तर बृद्धि र क्षमता विकासका लागि आफुले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाँउदै प्रमुख आयुक्त दाहालले जीवन सफल बनाँउन मानवता र ब्यावहारिक ज्ञान स्काउटले प्रदान गर्ने उल्लेख गरे ।

 

कार्यक्रममा बिशिष्ट अतिथी रहेका युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश प्रसाद दाहालले अछाममा जिल्ला स्काउटका तालिम कक्षा निर्माण हुनु खुसीको कुरा भएको भन्दै यसको स्तरबृद्धि र अन्य सहयोगका लागि आफ्नो तर्फवाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । स्काउट र खेलकुद क्षेत्रका लागि जिल्लामा स्थानिय निकाय जिविस, नगरपालिका र गाविसले पनि निश्चित बजेट छुट्याँउन निर्देशन समेत दिए ।

 

कार्यक्रममा अछामका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला स्काउटका सल्लाहकार कोशलराज शर्मा तिमिल्सेनाले जिल्लामा स्काउटले रचनात्मक क्रियाकलाप गरिरहेकोभन्दै स्काउटरका लागि अन्य सहयोगको खाँचो रहेको समेत औंल्याएका थिए । कार्यक्रमको अवसरमा जिल्ला स्काउटका बिभिन्न पदमा रही सक्रिय रुपमा काम गरिरहेका जिल्ला आयुक्त, जिल्ला सह आयुक्त, स्काउटर र प्रमुख जिल्ला अधिकारी लगायत बिभिन्न ब्याक्तिहरुलाई नेपाल स्काउटका प्रमुख आयुक्त दाहालले दिक्षीत गर्नुभएको थियो ।

 

यस्तै जिल्ला स्काउट कार्यालयको तर्फवाट केन्द्रवाट आएका सबै अतिथीहरुलाई मायाको चिनो प्रदान गरि सम्मान गरिएको थियो । स्काउटमा आवद्ध जिल्लाका बिभिन्न बिद्यालयका बिद्यार्थिहरुले साँस्कृतिक प्रस्तुती पनि प्रस्तुत गरेका थिए । अछामी लोक संस्कृति झल्किने पञ्चेवाजा सहित बजार परिकर्मा गर्दै मंगलसेन रंगशाला नजिक निर्माण गरिएको स्काउट भवनको उदघाटन गरिएको थियो । नेपाल स्काउटको ६ लाख अनुदान र जिल्ला स्काउट समिती अछामको सक्रियतामा भवन निर्माण गरिएको थियो ।

 

उक्त कार्यक्रममा जिल्ला स्काउट समिती अछामका जिल्ला आयुक्त पदम बहादुर धामीलेअध्क्षता गरेका थिए भने युवा तथा खेलकुदमन्त्रालयका सह सचिव चुडामणि पौडेल, नेपाल स्काउटका राष्ट्रिय सचिव लोक बहादुर भण्डारी, नेपाल स्काउटका प्रवन्धक केशव बहादुर बोहरा लगायत अछाम स्थित बिभिन्न राजनीतिक दलका प्रमुख प्रतिनिधी, सरकारी कार्यालयका प्रमुख प्रतिनिधी, पत्रकार, बिभिन्न सामाजिक संजालका प्रमुख प्रतिनिधी, शिक्षक, बिद्यार्थि सरोकारवालाको बिशेष उपस्थिती रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।