मलेसियामा दोस्रो बृहत अन्तर्क्रिया हुने

मलेसियामा दोस्रो बृहत अन्तर्क्रिया हुने

कपन अनलाइन, दिनेश खड्का “खप्तडी”मलेसिया । मलेसियाका लागि नेपाली राजदुतावास मलेसियाले दाेस्राे पटक बृहत् अन्तरक्रिया कार्यक्रम गर्ने भएकाे छ । यहि जनवरि १५ तारिख अाईतबार दुतावासकाे कार्यालयमा कार्यक्रम हुने भएकाे छ । कार्यक्रममा अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति प्रभु शाहाकाे उपस्थिति हुने भएकाे छ । मलेसिया स्थितत श्रमिक , सराेकारवाला, पत्रकार ,ब्यपारी, बिध्यार्थी संग श्रम तथा राेजगार लगायतका बिबिध बिषयमा बृहत् छलफल हुनेछ । बृहत अन्तरक्रिया कार्यक्रममा उपस्थिति हुन अनराेध गर्दै दुतावासले अाज एक सुचना जारि गरेकाे हाे । कार्यक्रम यहि अाईतबार जनवरि १५ का दिन दिउसाे ३ बजे क्वालालम्पुर स्थीत दुतावासकाे पहिलाे तल्लामा हुने जनाइएको छ ।

तपाइँको प्रतिक्रिया ।