मुआब्जाको माग
कपन अनलाइन
धनुषा: हुलाकी सडक विस्तार एवम् निर्माणका क्रममा विस्थापित हुने भन्दै यहाँका सयाँै बासिन्दा चिन्तित बनेका छन् ।
जनकपुरको कदम चोकदेखि यदुकोहासम्मको करिब १५ किलोमिटर हुलाकी सडक निर्माणका क्रममा देउरी, परवाहा, कप्टौल र औरहीका करिब १५० बढी घरपरिवार विस्थापित हुने अवस्था छ ।
उक्त सडकमा पर्ने घर र जग्गा खाली गर्न हुलाकी सडक कार्यालय जनकपुरे गत पुस १८ गते सूचना जारी गरेपछि स्थानीयवासी चिन्तित बनेका हुन् । देउरी परवाहाका रामदेव मिश्र आफूहरु सडक निर्माण र विस्तारको बाधक नभएपनि उठिबास हुने हुँदा सरकारले मुआब्जा उपलब्ध गराउनुपर्ने बताउनुहुन्छ ।
स्थानीयवासी अनिल मिश्रका अनुसार यहाँका बासिन्दाले प्रमुख जिल्ला अधिकारी दिलीपकुमार चापागाईलाई ज्ञापनपत्र बुझाई उचित मुआब्जा र व्यवस्थापनको माग गरेका छन् । रासस
तपाइँको प्रतिक्रिया ।