तेस्रो तारेभीर महोत्सव होमस्टे प्रबर्धनमा केन्द्रित

तेस्रो तारेभीर महोत्सव होमस्टे प्रबर्धनमा केन्द्रित

कपन अनलाइन, काठमाडौँ ।
तारेभीर महोत्सवको तेस्रो संस्करण माघ १ गते हुँदैछ ।  उपत्यकाको उत्तर पूर्वी भेगमा रहेको   तत्कालिन बालुवा गाविसमा रहेको तारेभीरमा पर्यटकीयस्थल निर्माण हेतु ०७१ सालदेखि शुरू भएको यो महोत्सव तारेभिरलाई देश विदेशमा चिनाउने उद्देश्यले आयोजना गरिएको आयोजकले बताएका छन् । गोकर्णेश्वर नगरपालिकाको माथिल्लो भागमा रहेको तारेभीर उपत्यकामा तामाङ संस्कृतिको परिचयस्थलको रुपमा पनि चिनिन्छ ।

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मनोरम परिधिमा समेटिएको  तोरेभिरमा ‘चट्टानी बगैँचा’  निर्माण गर्ने र नेपालकै सबैभन्दा ठूलो झण्डा स्थापना गर्ने काम शुरू भएको छ  । तेस्रो संस्करणसम्म आइपुग्दा यस क्षेत्रमा  (होम स्टे)को व्यवस्थाका लागि विशेष तयारी  गरी यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने योजना ल्याएको छ ।  माघ १ गते घ्य-चाकु खाँदै गरिने यो महोत्सवको  तयारी अन्तिमचरणमा पुगेको छ । आयोजकले यो क्षेत्रमा रक क्लाइम्बिङको सम्भावना समेत खोजिरहेको छ ।

समुन्द्री सतहबाट करिब दुई हजार मिटर उचाइमा रहेको तारेभिरबाट उपत्यकाका अवलोकन गर्ने मत्वपूर्ण राजधानीको केन्द्र पनि हो । तारेभीर महोत्सवका योजनाकार सांसद रामेश्वर फूयाँल  यो क्षेत्र अान्तरिक पर्यटनका लागि महत्वपूर्ण स्थान बन्ने बताउछन् । फुयाँल भन्छन्, यहाँको प्राकृतिक अबयव र बस्ती विकास होमस्टेका लागि प्रख्यात हुने खालको छ ।

तेस्रो महोत्सवबाट हामी त्यही कुरा देखाउन चाहन्छौँ । सांसद फुयालसहित आयोजक समिति तारेभीर महोत्सवले यहाँका जनसामान्यको जीवनस्तरमा आर्थिक तथा सामाजिक स्तरोन्नति हुने विश्वास राख्छन् ।

तपाइँको प्रतिक्रिया ।