सुदुर पश्चिमेली समाज (INFS) को तदर्थ समिति बिस्तार अनलाइनबाटै

सुदुर पश्चिमेली समाज (INFS) को तदर्थ समिति बिस्तार अनलाइनबाटै

 

कपन अनलाइन 

पौष २६, दिनेश खड्का खप्तडी, मलेसिया । नेपालको सुदूरपश्चिममा घर भई हाल अध्यन, ब्यापार, ब्यबसाय र बैदेशिक रोजगारीको शिलशिलामा विश्वभरी छरिएर रहेका  सुदूरपश्चिमेलीहरुलाई एकिकृत गर्न बनेको सुदुर पश्चिमेली समाज (INFS) ले आफ्नो काम अब अनलाइनबाट गर्ने भएको छ । सुपवासीहरूको  आपसी मेलमिलाप, सदभाव, सहयोग, भाईचारा एबंम एकताको सुत्रमा बाँध्दै नेपालमा हुने प्राकृतिक प्रकोप, दैवी प्रकोप जस्ता विपत्तिहरुमा यो समितिले काम गर्नेछ । समितिले गरीब असहायहरुलाई सहयोग गर्नका साथ-साथै  भाषा, भेषभुषा, कला, संस्कृतिको जगेर्ना गर्दै पर्यटन तथा प्रबर्द्धनको प्रचारप्रसार गरि शिक्षा, स्वास्थ बेरोजगारीका आधारभुत कुराहरुको बिकासका लागि जनचेतनाका माध्यमबाट  समाजमा रहेका ब्याप्त कुरुती, विकृति, बिसंगती, रुढीबादी कुप्रथा बिरुद्ध जनचेतना जगाउने काममा समिति सक्रिय रहनेछ ।

 

विश्वभरी छरिएर रहेका सुदूरपश्चिमेलीहरु र केहि देशमा संगठित भएका सुदूर पश्चिम सेवा समाजको पहलमा अन्तराष्ट्रिय स्तरको सुदूरपश्चिमेलीहरुको छाता संगठनका रुपमा एक स्वतन्त्र / गैर राजनीतिक / गैर नाफामुलक संस्थाको रुपमा यस समिति क्रियाशिल रहनेछ । सुप को मौलिक संस्कृति ,भाषा,भेष भुषा ,विभिन्न प्रतिभा हरु को उजागर गर्दै विभिन्न दृष्टिकोणले सम्भावना बोकेको सुदुरपस्चिम मै सामुहिकता बाट अबसरहरु सिर्जना गर्दै सिर्जनात्मक कार्य गर्नेछ ।

 

सुप कै बिकासमा योगदान गर्दै रास्ट्र प्रती को कर्तव्यलाई पनि निर्बाह गर्ने हेतुले अन्तर्राष्ट्रिय नेपाली सुदुरपस्चिमेलि समाज ( INFS ) नामक सस्था को बिगत एक महिना देखि समाजिक सन्जाल र सन्चार को भरपुर सदुपयोग गर्नेछ ।

 

 

वैदेशिक रोजगार को शिलशिला मा विश्व का विभिन्न देश मा रहेका सु प बासी लाई समेटेर एक महिना देखि नै विभिन्न अन्लाईन मार्फत सुप बासी जुटाउदै सुपवासी को छाता संगठन को बिस्तार गर्न सफल भएको छ। सामाजिक संजाल messenger ,imo & whatsapp र line मार्फत ४०० भन्दा बडि सु प बासीले कार्यक्रम मा भाग लिएका थिए । जापान बाट भरत नेगि ज्यु संयोजक रहने गरि ३५ सदस्यिय तदर्थ समिति बिस्तार गरेको छ ।

संयोजक :-भरत नेगि ,

उप-संयोजक:- लोकेन्द्र बम

सद्स्य सचिब :-अमृत शाहि ,

सदस्यहरू

कोरिया – कमल शाहि ,/जापान आशिष् रावल,/युएइ- लक्ष्मण अधिकारी ,/मलेसिया- महेस राज भट्ट ,/बहराइन- शेर ब रावत ,/पोर्चुगल- धिर्ग मल्ल ,/कुबेत – अ्मर खडका,/अस्ट्रेलिया – महेस भण्डारी /,क्यानडा- चक्र बलायर ,/कतार- धन ब बलायर /डेनमार्क कबिता बिस्ट ,युएस- रमेस भट्टराई /भारत-भरत थापा ,इजरायल – सुमि शाही ,गिता नेपाली का साथ विभिन्न देश मा गठित सु प सेवा समाज का अध्यक्ष हरु चेतन थापा (युएइ),पुर्ण चलाउने (जापान),धर्म राज जोशी (कोरिया),प्रकाश देब भट्ट (मलेसिया),केशब जोशी (अस्ट्रेलिया ),जगदिस भट्ट (क्यान्डा),उमेस जोशी (बहराइन),सोनु पन्थि (मकाउ), खेम जोशी(डेनमार्क ),/…….

 

पोर्चुगल सहित अन्य देश का अध्यक्ष हरु लाई पछि थपिने गरि २५ सदस्य आज मनोनीत गरि सकेको र बाकी १०सदस्य विभिन्न माथी समाबेस हुन नसकेका देश बाट प्रतिनिधित्व रहने गरि पहिलो तदर्थ समितिको बैठक ले मनोनीत गर्ने संयोजक भरत नेगि ले जानकारी दिएका छन् ।

तपाइँको प्रतिक्रिया ।