शिला लामाको नेतृत्वमा ४१ सदस्सीय विप्लव माओवादीको बुढानिलकण्ठ नगर कमिटि चयन

 कपन अनलाइन 

काठमाडौँ: नेकपा(माओवादी) बुढानिलकण्ठ नगरपालिकाको पहिलो अधिवेशनबाट शिला लामाको नेतृत्वमा ४१ सदस्सीय नगर कमिटि चयन भएको छ ।

 

आज बुनपा-१२ कपनमा रहेको बाल उद्धार माविमा बुनपा भित्रका वडाहरू बाट चुनिएका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न भएको माओवादीको नगर अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको माओवादीले कपनअनलाइनलाई बतायो । ईन्चार्ज शिला लामाको बाहेक अन्य ४० जनाको नाम माओवादीले सार्वजनिक नगरेता पनि बुढानिलकण्ठ नगरपालिका भित्र रहेका पार्टी जिल्ला सदस्यहरू सहित १९ वटै वडाबाट कम्तिमा २/२ जना प्रतिनिधि अटाउने गरी संगठन बनाईएको माओवादी स्रोतले कपनअनलाइनलाई बतायो ।

 

माओवादी केन्द्रीय सदस्य एंव काठमाडौं जिल्ला सेक्रेटरी माईला लामाको प्रमुख आतिथ्यतामा भएको अधिवेशनबाट करिश्मा खरेलको नेतृत्वमा १३ सदस्सीय अनेमसंघ क्रान्तिकारी पनि गठन गरिएको छ । यसै गरी सुवर्ण दुलालको नेतृत्वमा २५ सदस्सीय राष्ट्रिय युवा जनस्वयंसेवक, राजकुमार राईको नेतृत्वमा सुकुम्बासी संघ, पञ्चलाल महर्जनको अध्यक्षतामा नेवा: राष्ट्रिय मुक्ति मोर्चा, कपिल आचार्यको नेतृत्वमा अखिल क्रान्तिकारीको पनि नगर कमिटिहरू गठन गरिएका छन् ।

 

कार्यक्रममा सहभागी प्रतिनिधिहरुलाई पार्टी केन्द्रिय सदस्य एंव भक्तपुर जिल्ला सेक्रेटरी आजाद, अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रिय अध्यक्ष बन्धु चन्दले शुभकामना दिएका थिए भने प्रमुख अतिथि माईला लामाले जनताको मुक्ति नभएसम्म जनताका लागि जस्तोसुकै त्याग गर्न कार्यकर्ता पंतिलाई निर्देशन दिएका थिए ।

 

नेकपा माओवादीले फागुन १ गते देखि काठमाडौंमा खुल्ला सत्र र रोल्पाको थवाङमा बन्द सत्र सहित गर्न लागेको ८ औँ महाधिवेशनका लागि देशैभर वडा, नगर/गाविस, जिल्लाहरूको अधिवेशन गरिरहेको छ ।

तपाइँको प्रतिक्रिया ।