गुडिरहेको रेलमा आगलागी हुँदा ४६ जनाको मृत्यु, ४२ घाइते
कपनअनलाइन
काठमाडौं,कार्तिक १४।
पाकिस्तानमा गुडिरहेको रेलमा आगलागी हुँदा कम्तीमा ४६ जनाको मृत्यु भएको छ भने ४२ घाइते छन्। राजधानी कराँचीबाट रावलपिंडीतर्फ गइरहेको तेजगाम एक्स्प्रेसको रेलमा (आज) बिहीबार बिहान आगलागी भएको हो।
पाकिस्तानी सञ्चार माध्यमहरूले सिलिन्डर विस्फोटका कारण आगलागी भएको जनाएका छन्। लियाकतपुरमा पुगेपछि भएको आगलागीमा रेलका ३ वटा डब्बा जलेका छन्। आगो नियन्त्रणमा आएकाले अन्य डिब्बा भने आगलागी हुनबाट जोगिएका छन्।
घटनामा ४२ घाइते भएकामा उनीहरूको लियाकतपुरस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर भएकाले मृतकको संख्या थप बढ्न सक्ने बताइएको छ।
तपाइँको प्रतिक्रिया ।