साँसद क्षेत्र विकास कोषको वजेट एकलौटी भएको भन्दै अनसनमा

साँसद क्षेत्र विकास कोषको वजेट एकलौटी भएको भन्दै  अनसनमा

कपन अनलाइन ,अछाम, २६ मङ्सिर ।

 (एकेन्द्र महता)

नाडा गाविस वडा नं ६ गाँउखेतका तेज वहादुर शाही शुक्रवार वाट आमरण अनसन वसेका छन । सांसद बिकास कोषको रकम बाडफाड गर्दा आफनो गाविसलाई उपेक्षा गरिएको भन्दै अनसन थालेको उहँले विज्ञप्ती मार्फत जानकारी दिनु भएको छ ।

नेकपा एमाले नाडा गांउ कमिटिको २ पटक अध्यक्ष तथा ईलाका नम्बर १३ को ईलाका उपाध्यक्ष समेत भईसकेका ४३ बर्षिय शाही नाडा गाविस स्थित कालिकेश्वरी मावि प्राङ्गणमा रहेकोे सरस्वति मन्दिरको बरण्डामा अनसन वसेका छन । सांसद क्षेत्र विकास कोषको ३ करोड रुपयाँ बाँडफाँड गर्दा अछाम क्षेत्र नं २ का सांसद भरत साँउदले निर्णय विपरित आफ्नो मनोमानी ढंगवाट वितरण गरेको उनको आरोप छ ।

तुर्माखाँद, नाडा, ढुंगाचाल्ना जोड्ने ग्रामिण सडक निर्माणका लागी सांसद साँउदले वजेट दिने आश्वासन दिएर रकम नदिएकाले आफु अनसन वसेको शाहीको भनाई छ । उता सांसद साँउद संग जानकारी लिँदा आफु काठमाण्डौं बाट नाडा तथा ढुगाचाल्ना जोडने ग्रामिण सडकमा रकम विनियोजित गर्नका लागि आएको र जिल्ला बिकास समिती मार्फत ८ लाख रकम सो सडकमा विनियोजित भईसकेकाले दोहोरो नपरोस भनि उक्त सडकमा रकम नछुट्याएको जानकारी दिनु भयो ।

यो विषयमा नेकपा एमाले अछामका अध्यक्ष सेर वहादुर कुँवरले असन्तुष्टिलाई लिएर अनसन वस्नु भन्दा पार्टि नेतृत्व संग छलफल गर्न आग्रह गरिएको वताउनु भयो । अनसनरत शाहीले सांसद साँउद र एमाले जिल्ला नेतृत्व नै अनसन स्थलमा आउनु पर्ने र आफ्ना माग सम्वोधन गर्ने प्रतिवद्धता जनाउनु पर्ने अडान लिएका छन । आफ्नो गाँउको विकासका लागी नागरिक स्तरबाट यसरी अछाममा पहिलो पटक अनसन सुरु भएको हो । केहिदिन अघि मात्र अछाम क्षेत्र नम्बर २ का सांसद साउदले ३ करोड रकम विभिन्न योजनामा विनियोजित गरेर काठमाण्डौं गईसक्नु भएको छ

तपाइँको प्रतिक्रिया ।