नक्सालको पुरातात्विक शंकरकिर्ती महाविहारमा कांग्रेसको चियापान

नक्सालको पुरातात्विक शंकरकिर्ती महाविहारमा कांग्रेसको चियापान

14813633_1306137196065889_1598557400_n

कपन अनलाइन, कात्तिक ७, २०७३
काठमाडौंको मुटुमा रहेको नक्सालभित्र पुरातात्विक महत्वको शंकर किर्ति महाबिहार रहेको छ । भगवानबहाल भनिने यस स्थानमा रहेको यस महाविहार तत्कालिन शंकराचार्य र अमरबाँडाको द्वन्द्वको प्रतिक पनि हो । अमर बाँडाले अमरत्व पाएको ठाउँ भनेर पनि चिनिन्छ यो ठाउँलाई नेका कामनपा १ सभापति भोला थापाले बताए । पुरातात्विक महत्वको यो स्थान अत्यन्त जीर्ण अवस्थामा रहेको छ । यही अवस्थामा केही वर्ष यस स्थानमा सुकुम्बासी भन्नेहरु पनि बस्न भ्याए । यसरी सुकुम्बासीहरुलाई हटाउन ०५९ सालमा तत्कालिन मन्त्री बलबहादुर केसीले ठूलो मेहनत गरेको थापाले बताए । सुकुम्बासीलाई करिब २९ लाख मुआब्जा दिएर हटाइएको थियो । यस महाविहारमा एउटै रुखबाट बनेको बुद्धको मूर्ति रहेको छ । जुन मूर्ति चोरी भएको थियो । पछि चोरी भएको मूर्ति पाइयो । हाल सो मूर्ति म्यूजियममा रहेको छ । अत्यन्त महत्वको शंकर किर्ति महाविहार जिर्णाेद्धार तथा मर्मत सम्भारका लागि बर्तमान स्वास्थ्य मन्त्री गगन थापा तथा पूर्वमन्त्री बलबहादुर केसीको प्रत्यक्ष पहलमा पुरातत्व विभागले ४ करोड लगानी गरेर काम शुरु गरेको छ ।

14798754_1306138032732472_911385103_n
काठमाडौंको मुटुमा रहेको यस महाविहार बारे सर्वसाधरणलाई जानकारी दिनका लगि कमनपा वडा नं. १ नेपाली कांग्रेस इकाईले यस स्थानामा चियापान कार्यक्रम आयोजना गर्यो । नेपालीहरुको महानपर्व दीपावलीको अवसर पारेर आयोजना गरिएको चियापान कार्यक्रममा करिब ५०० जनाको सहभागिता थियो । कार्यक्रममा स्वास्थ्य मन्त्री तथा काठमाडौं क्षेत्र नं. ४ का सांसद गगन थापा प्रमुख अतिथिको रुपमा उपस्थित थिए । कार्यक्रममा लक्ष्मी भजन संग्रहसमेत विमोचन गरिएको थियो ।

फोटो: बसन्त गौतम

14794049_1306138029399139_34906818_n

तपाइँको प्रतिक्रिया ।