वर्तमान अवस्थामा बुनपामा स्थानीय निर्वाचन भयो भने कस्ले जित्ला ? सर्वेक्षण सार्वजनिक हुँदै

sarbhekasan

कपन अनलाइन, ७ कात्तिक, २०७३

स्थानीय निकाय चुनावको प्रशंग सार्वजनिक भैरहेको बेला देशमा नवगठित नगरपालिकामध्ये ठूलो बुढानिलकण्ठ नगरपालिकामा कुन पार्टीको अवस्था कस्तो छ भन्ने बारे सर्वत्र चासो र सरोकार हुने गरेको छ । काठमाडौं क्षेत्र नं. ४ मा ८० प्रतिशत समेटिएको बुनपामा खासगरी नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपा नेपाल सांगठनिकरुपमा गतिशिल छन् । स्थानीय चुनावको समाचारहरुको सेरोफेरोमा कपन अनलाइनले नेपालटेलिग्राम डटकम र जनसरोकार मञ्चसँग मिलेर मत सर्वेक्षण गरेको छ ।

करिब ३०० जना व्यक्तिहरुबीच गरिएको सर्वेक्षणले सम्भावित चुनावी अवस्थामा अनुमान गर्न सकिने आंकडा दिएको छ । सो सर्वेक्षणले अप्रत्यासित नतिजाको अनुमानसमेत गरेको छ । कार्तिक १० गते बिहान सर्वेक्षणको नतिजा सार्वजनिक हुनेछ । सर्वेक्षणले कुन पार्टीको कुन कुन वडामा प्रभुत्व रहने तथा मेयर उपमेयरको सम्भावनामा समेत बोल्नेछ । सर्वेक्षणमा रिपोर्टले किन जित्ने वा किन हार्ने बारेमा समेत व्याख्या गर्ने प्रयास गरिएको छ । प्रतिक्षा गर्नुहोला ।

तपाइँको प्रतिक्रिया ।