स्वास्थ्य मन्त्री गगन थापाद्वारा बुद्धमाई अध्ययन केन्द्रको उद्घाटन

स्वास्थ्य मन्त्री गगन थापाद्वारा बुद्धमाई अध्ययन केन्द्रको उद्घाटन

dsc_1911

कपन अनलाइन, असोज १५, २०७३

स्वास्थ्य मन्त्री गगन कुमार थापाले राजधानीको टकुमा सुरू भएको बुद्धमाइ अध्ययन केन्द्रको उद्घाटन गरेका छन् । ८ वर्षदेखि डेकेयर सर्जिकल सेन्टरको रुपमा क्रियाशिल बुद्धमाई सर्जिकल सेन्टरले सुरू गरेको अध्ययन केन्द्रमा चिकित्सा क्षेत्रका बिभिन्न कक्षाहरू संचालन हुनुका साथै सुबिधासम्मपन्न पुस्तकालय पनि रहनेछ ।

अध्ययन केन्द्र उद्गाटन गर्न प्रमुख अतिथि भएर पुगेका स्वास्थ्य मन्त्री थाप थोरै लगानीमा बन्ने सर्जिकल हस्पिटलको आवश्यकता प्रति चासो विशेष चासो देखाएका छन् । नेपालको पहिलो र एकमात्र बुद्धमाई सर्जिकल सेन्टरको निरिक्षण गर्दै स्वास्थ्य मन्त्री थापाले यसको प्रभावकारिताप्रति चासो व्यक्त गरे । छोटो समय र कम खर्चमा हुने यस्ता डे केयर सर्जिकल सेन्टरले राजधानीमा भन्दा बाहिराी जिल्लामा बढि प्रभावित बनाउने बताउँदै यस खाले सेन्टरहरुको सम्भाव्यता र प्रभावकारिताबारे आफूले सोच्ने बताएका छन् । थापाले राजधानी र सहरमुखी नेपाली चिकित्सा क्षेत्रलाई जिल्ला जिल्लामा सर्जिकल सेवासहित दिन सकिने सेवालाई नेपाल सरकारले विशेष चासो रहेको बताए । उनले नेपाली स्वास्थ्य क्षेत्रको विकास दुरदराजका विपन्न वर्गमा पुर्याउन कस्तो खाले सेवा जनस्तरमा लान सकिने बारे अध्ययन गरिहेको बताउँदै बुद्धमाई डे केयर सर्जिकलले गरेको काम प्रशंसायूक्त भएको बताउँदै यो कामलाई देशभर फैलाउन सकिने बताए ।

dsc_1913-1

टेकुमा रहेको बुद्धमाई डेकेयर सर्जिकल सेन्टरले ८ वर्षदेखि बिभिन्न स्वरुपको अपरेसन तथा अन्य सुबिधाहरु प्रदान गर्दै आएको छ । सेन्टरले डक्टरहरुको बिभिन्न खाले तयारी कक्षाहरुका लागि बुद्धमाई स्टडी सेन्टरको उद्घाटन गर्ने क्रममा कार्यक्रममा प्रमुख अतिथि भएर आएका स्वास्थ्य मन्त्री थापाले बुद्धमाइले पुर्याएका योगदान नेपाली चिकित्सा क्षेत्रमा महत्वपूर्ण हुन सक्ने भन्दै अनुकरणीय हुने सक्ने बताए । कार्यक्रममा बुद्धमाई सर्जिकल सेन्टरका अध्यक्ष डा. उदय कोइरालाले डेकेयर सर्जिकल सेन्टरको महत्व र यसले देशभर पुर्याउन सके देशको स्वास्थ्य क्षेत्र माथि पुग्न सक्ने बताए । डा. कोइरालाले बुद्धमाई सर्जिकल सेन्टरले ८ वर्षमा पुर्याएको काममा सबै व्यक्ति सन्तुष्ट भएको बताएका थिए । कार्यक्रममा डा दीपकराज सिंह, लक्ष्मण भण्डारी, बालकृष्ण श्रेष्ठ, नगेन्द्र यादवलगायत चिकित्सा क्षेत्रमा संलग्न व्यक्तित्वहरुले सर्जिकल सेन्टर र स्टडी सेन्टरको महत्वलाई प्रकाश पारेका थिए । स्टडी सेन्टरको उद्घाटन कार्यक्रममा नेपाली चिकित्सा क्षेत्रका बिभिन्न व्यक्तिहरुको उपस्थिति थियो ।

तस्वीर: बसन्त गौतम

तपाइँको प्रतिक्रिया ।