गाविस सचिवहरुको आन्दोल प्रति शेरबहादुर स्तब्ध !

कपन अनलाइन २०७२ चैत २८/ गते

सिन्धुपाल्चोक जिल्लाका गाविस सचिव हरुले गरेको आन्दोलन घोसणा प्रति सिन्धुपाल्चोक  क्षेत्र नम्बर ३ का सांसद तथा नेकपा एमालेका केन्दीय सदस्य शेरबहादुर तामांग  स्तब्ध भएको बताए ।

नेकपा एमाले सिन्धुपाल्चोक काठमाडौँ ३ नम्बर क्षेत्रिय सम्पर्क मन्चद्वार हिजो  आयोजित इचोक, महांकाल, हेलम्बु तथा किउल गाउ सम्पर्क मंच गठन तथा विशेष भेलालाइ सम्बोदन गर्दै  सांसद तामाङले भने भूकम्पले जनताहरु कस्टपूर्ण जीवनबिताइरहेका  अवस्थामा उनीहरुलाई पुनर्वासको व्यवस्था गर्न राज्यका निकायहरुले  २४ घन्टा सेवादिनुपर्नेमा कर्मचारी हरुले जनताको दुखः नबुझेको भन्दै आक्रोसित भएका थिए  ।

कार्यकम्रमा एमाले सिन्धुपाल्चोक जिल्लाका पुर्व अधक्ष हस्त पण्डितले पार्टी नेत्रित्वले पुनर्निर्माणको योजना एकता बद्धभएर तर्जुमागर्नुपर्ने र कार्यकर्तालाइ त्यस अभियानमा एकता बद्धभएर परिचालित हुन् आग्रह गरेका थिए भने सम्पर्क मंचका अधक्ष शिवहरी सापकोटाले कार्यकर्ताहरुलाई उत्पादन सँग जोडिन ग्रामिणमुखी योजना ल्याउन नेत्रित्वोहरुलाई आग्रह गरेका थिए । कार्यक्रम बौद्ध ६ स्थित हायात होटलमा भएको थियो ।

तपाइँको प्रतिक्रिया ।