क्षेत्रीय विभागका लागि बुनपा १४ कांग्रेसले ककस्लाई सिफारिस गर्यो ?

क्षेत्रीय विभागका लागि बुनपा १४ कांग्रेसले ककस्लाई सिफारिस गर्यो ?

कलजकलजलक

कपन  अनलाइन/ चैत २९, २०७२
क्षेत्रीय सभापतिमा राजु श्रेष्ठ आएपछि सांगठनिक रुपमा नेका क्षेत्र नं. ४ सक्रिय एवम् सक्रिय  हुन थालेको छ । क्षेत्रीय स्तरमा १६ वटा विभाग निर्माण गर्ने क्रममा नेका क्षेत्र नं. ४ ले आफ्नो क्षेत्रमा रहेका सबै इकाईलाई विभागहरुमा राख्न सम्बन्धित क्षेत्रमा राख्न योग्य व्यक्तिहरुको नामावली माग गरेको छ । क्षेत्रले सबै इकाईलाई पत्र लेखेर लिखितरुपमा इकाइमा राख्ने व्यक्तिहरुको सिफारिस गर्ने क्रममा बुनपा वडा नं. १४ इकाइले १३ वटा समितिमा सम्बन्धित क्षेत्रका भनेर केही इकाई सदस्य र केही बाहिरका व्यक्तिहरुको सिफरिस गरेको छ । वडा नं. १४ इकाई सभापति होमनाथ तिमिल्सिनाको अध्यक्षता बसेको भेलाले हालै एक कार्यक्रम आयोजना गरि ती व्यक्तिहरुलाई सिफारिस गरेको हो । यसरी सिफारिस भएका व्यक्तिहरुमध्ये केही सम्बन्धित क्षेत्रसँग महत्व राख्ने भए व्यक्ति भए पनि केही नाम पार्टी भित्रको आन्तरिक राजनीतिक संतुलनका लागि मात्र पठाइएको देखिन्छ । वडा नं. १४ का इकाई सचिव राजुविक्रम थापाले कपन अनलाइनलाई जानकारी गराए अनुसार सिफारिस गरिएका व्यक्तिहरु निम्नानुसार रहेको छ ।
१. बुद्धिजिवी तथा सल्लाहकारः डा. विष्णु के.सी.
२. संगठन:     सुमन चालिसे
३. विकास निर्माणः      गोकर्ण आचार्य
४.खेलकुदः        कपिल ढकाल
५. कानुनः       विश्वनाथ दाहाल
६. महिलाः       कमला बोगटी
७. प्रचारप्रसारः      अनन्त घिमिरे
८. पेशाकर्मीः       सूर्य खड्गी
९. शिक्षाः      दिनेश दुलाल
१०.संस्कृतिः     शिवहरि खतिवडा
११. कृषि तथा सहकारीः      राममणि आचार्य
१२. तालिम तथा प्रशिक्षणः      सुनित चालिसे
१३. सामाजिक संघसंस्थाः       तेज रोक्का

तपाइँको प्रतिक्रिया ।