जोसेफ हाइस्कूलबाट निस्कासित केन्द्राध्यक्ष आफ्नै कारमा प्रश्नपत्र बोक्दै

कपन अनलाइन, २०७२ चैत्र २५ गते

कपनमा रहेको जोसेफ हाइस्कूलबाट एसएलसी परीक्षाको पहिलो दिन अनियमितता गरेको भनेर कारबाहीमा परेका मनोज अधिकारी प्रश्नपत्र आफ्नै कारमा बोकिरहेको भेटिएका छन् ।  एसएलसी परीक्षा शुरु हुनु अघि प्रहरी चौकीमा रहेको प्रश्नपत्र मनोज अधिकारीले आफ्नै कारमा बोकेर जोसेफ स्कूलमा लगेपछि निस्कासित केन्द्राध्यक्षले के के गर्न पाउने भन्ने प्रश्न उठेको छ ।

एसएलसी परीक्षाको अन्तिम अवस्थामा पुगेका बेला आज विषयको परीक्षाको दिन कपन प्रहरी प्रभागमा रहेको प्रश्नपत्र मनोज अधिकारीले केन्द्राध्यक्ष सुदर्शन रिजालसँग कारमा हालेर लगेपछि उनी थप विवादित मात्रै बनेनन् यसले झन् शंकाउपशंका उब्जिएको छ । यो बारेमा कपन अनलाइनले सोधखोज गर्दा मनोज अधिकारीलाई केन्द्रध्यक्षबाट हटाउने विषयलाई कमजोर बनाउन उनलाई क्रियाशिल बनाउने खोजिएको देखियो ।

अधिकारीलाई केन्द्राध्यक्षबाट हटाउनु उनी अर्काे स्कूलको प्रिन्सिपल भएकाले मात्र हो भन्ने म्यासेज जाओस् भनेर उनलाई सुनियोजितरुपमा सक्रिय बनाइएको श्रोतको दावी छ । उनी हरेक दिन प्रश्नपत्र आफ्न कारमा प्रहरी चौकीबाट बुझेरमात्र लाँदैनन् परीक्षा सकेपछि आफ्नै गाडीमा हालेर पुर्याउन पनि जाने गर्दा अधिकारी चारैतिर विवादित तथा शंकाग्रस्त बनेका छन् । मनोज अधिकारी नियमितरुपमा एसएससी परीक्षा हलमा बस्दै पनि आएका छन् । उनी यसरी एसएलसीको परीक्षा केन्द्रमा बस्न पाइँदैन भन्ने कुरा सम्बन्धित पक्षले कपन अनलाइनलाई बताएको छ  । यो विषयमा जिल्ला शिक्षा अधिकारीले निलम्बित केन्द्राध्यक्ष यसरी केन्द्रमा बस्नु ठीक हुँदैन भन्दै कारबाही गर्ने बताए ।

मनोज अधिकारीले यसरी प्रश्नपत्र आफैले लैजाने ल्याउने गरेको विषय गलत रहेको चारैतिर हल्ला भएपछि यो विषयमा सम्बन्धित धेरै व्यक्ति मुछिने देखिएका छन् । यस विषयमा कपन अनलाइनले अहिलेको केन्दाध्यक्ष सुदर्शन रिजालले उनको गाडी मात्र उपयोग गरेको भनेर ढाकछोप गर्ने प्रयास गरे । त्यसैगरी एनप्याब्सनका काठमाडौंका अध्यक्ष सिपि आचार्यले आइतबार आफू निरीक्षणमा जाँदा मनोज अधिकारी परीक्षा हलमा नै रहेको बताए । यो विषयमा आफूले कुनै कानुनी आधारको कुरा गर्न नमिल्ने बताउँदै यो विषयमा सरकारी पक्षले बोल्नु पर्ने बताए ।

केन्द्राध्यक्ष निस्कासन पनि मनोज अधिकारीको सक्रियता अरुको बारेमा विशेष रिपोर्टिङ भोलि कपन अनलाइनमा हेर्नुहोला ।

 

तपाइँको प्रतिक्रिया ।