ह्यान्डबल खेलमैदानमा बालकको मृत्यु, जिम्मेवार पक्ष मौन !

ह्यान्डबल खेलमैदानमा  बालकको मृत्यु, जिम्मेवार पक्ष मौन !

कपन अनलाइन  २०७२ चैत्र  २६ गते

 कपनस्थित ह्याण्डबल मैदान नजिकको ढिस्को पल्टिँदा हिजो  साँझ एक बालकको  मृत्यू भएको छ । बुनपा वडा नं. १४ मुस्कानचोक बस्ने वर्ष ५ का सम्राट मगर नाम गरेका बालक सो ढिस्को वरपर खेलिरहँदा ढिस्को झरेर गम्भीर घाइते भएका थिए ।

Hyan Ball

गम्भीर घाइते भएका सम्राटलाई नजिकैको कपन अस्पतालमा उपचारको क्रममा हिजो  साँझ ६.१५ बजे उनको निधन भएको छ । खुकुलो माटो भएको ह्याण्डबल मैदान नजिकको त्यस  ढिस्कोले मान्छे पटकपटक  घाइते हुने तथा मर्ने गरे पनि त्यो  ढिस्कोलाई कसरी खतरारहित बनाउने बारेमा कसैले नसोच्दा साना उमेरका बालबालिकाहरुको   ज्यानजाने गरेको छ   । यसरी पटक पटक सो  क्षेत्रले खतरा निम्त्याइरहँदा तत्कालिन गाविस तथा हाल नगरपालिकाबाट सो क्षेत्रको हितमा रकम ल्याए पनि कामचाहिँ केही नहुँदा सो  ढिस्कोले बेलाबेलामा दुर्घटना मानवीय क्षति भैरहने अवस्था रहेको छ ।

यो ढिस्को वरपरका स्थानीयहरु नगरपालिकामा हालिमुहाली गर्नेहरुप्रति रुष्टहुँदै क्लब र अरु के के का नाममा घर बनाउने काम चाहिँ बढ्दो छ तर पटक पटक ज्याने लिने यो ढिस्कोको व्यवस्थापनमा कसैले ध्यान नदिएको भन्दै कपन अनलाइनसँग आक्रोश पोखे । देशकै एकमात्र ह्याण्डबल मैदानले चर्चेको र ठूलै बजेटसमेत परेको भनिएको क्षेत्रको  ढिस्को भत्केर मान्छे मर्दा सो ह्याण्डबल मैदान वा संघमा हालीमुहाली गर्नेहरुप्रति पनि स्थानीय आक्रोशित छन् ।

यसअघि पनि मान्छे मर्नेसम्म घटना भैसकेको अवस्थामा सो ह्याण्हबल मैदान  हालीमुहाली गर्ने संस्था तथा व्यक्तिहरुले एउटा सूचना बोर्डसम्म नराख्दा यो घटनाप्रति जिम्मेवारी कसले लिने भन्ने प्रश्न उठेको छ ।

कपनका स्थानीय नेताहरु ह्याण्डबल संघका रामकृष्ण केसी वरिष्ठ उपाध्यक्ष हुन् भने  मिठाराम अधिकारी ह्याण्डबल संघका कोषाध्यक्ष हुन । अधिकारीको नेतृत्वमा यस मैदान नजिक ह्याण्डबलको भवन निर्माणधिन अवस्थामासमेत रहेको छ । यस घटना  बारे प्रश्न गर्दा केसीले आफू जिम्मेवार नभएको बताए भने अधिकारीले पनि जिम्मेवार पक्ष आफु  नभएको बताए  । स्मरण रहोस् नेपाल ह्याण्डबल संघमा कपनबासी कै हालीमुहाली रहेको छ ।

  ह्याण्डबल मैदान आफ्नो भन्ने अनि यही ह्याण्डबल संघमा हालीमुहाली गर्ने मैदानको  नाममा राजनीति गर्ने तर मैदान नजिकै यसरी पटक पटक मानिस मर्ने घटना हुँदासम्म सूचनाको बोर्डसमेत नराख्ने अनि जिम्मेवारी लिन्न तथा लिइँदैन भन्ने दुई वरिष्ठ पदाधिकारी रामकृष्ण केसी र मिठाराम अधिकारीको बोली कपन अनलाइनसँग सुरक्षित छ ।

दुई वरिष्ठ पदाधिकारीले यो मैदानको जिम्मेवारी व्यक्ति  को हो भन्दा रामकृष्ण केसीले मिठाराम अधिकारी देखाए त्यस्तै  मिठाराम अधिकारीले भने  रामकृष्ण केसी भएको बताए  । कपन अनलाइनलाई प्राप्त जानकारी अनुसार काठमाडौं जिल्ला ह्याण्डबल संघमा  कपनका खेमलाल भुषाल अध्यक्ष तथा बद्रि भट्टराई सचिव रहेका छन् ।

योपनि पढनुहोस

ह्याण्डबल मैदाननजिकको ढिस्कोले पुरेर एक बालकको मृत्यू !!!

तपाइँको प्रतिक्रिया ।