एमाले क्षेत्र नं. ४ अधिवेशनः अध्यक्षमा तीव्र प्रतिष्पर्धा, सचिवमा न्यौपानेको पक्का

एमाले क्षेत्र नं. ४ अधिवेशनः  अध्यक्षमा तीव्र प्रतिष्पर्धा, सचिवमा न्यौपानेको पक्का

कपन अनलाइन / चैत्र १४ :- कपनस्थित मिलनचोक पार्टी प्यालेसमा भैरहेकको एमाले क्षेत्र नं. ४ को अधिवेशनअन्तर्गत यतिखेर बन्द सत्र चलिरहेको छ । बन्दसत्र अन्तर्गत केही समयपछि आगामी २ वर्षका लागि कार्यसमिति चयन गर्ने प्रकृया शुरु भएको छ । अध्यक्ष पदमा माधव नेपाल पक्षका वर्तमान क्षेत्रीय अध्यक्ष कुसुमकुमार कार्की तथा ओली पक्षबाट सचिव टीका पराजुलीबीच तीव्र प्रतिष्पर्धा हुने देखिएको छ । टीका पराजुलीका पक्षमा मत पार्नका लागि यतिखेर एमाले पोलिटव्यूरो सदस्यहरु नै मिलनचोक पार्टी भेन्यूमा सक्रिय रहेको बताइएको छ भने क्षेत्रीय अध्यक्षसमेत रहेका कार्की पनि आफ्ना साथीहरुबीच मत आफ्नो पक्षमा पार्न सक्रिय रहेको बताइएको छ । प्रतिनिधि गणनामा कार्की पक्षको राम्रो अवस्थाका रहेको पाइएपछि पराजुली पक्ष विशेष सक्रिय रहेको कपन अनलाइन प्रतिनिधिले मिलनचोक पार्टी भेन्यूबाट बताएका छन् ।

Cpnuml_Ktm_4
त्यसैगरी सचिव पदमा प्रत्यासी बनेका कपनका दुई सक्रिय युवा नेताहरु ध्रुवराज न्यौपाने र राजन पोखरेलबीच भने न्यौपानेको पल्ला निकै भारी रहेको सर्वत्र चर्चा रहेको कपन अनलाइन प्रतिनिधिले बताए । राजनले यस अघि उपाध्यक्षको दावेदारी गरे पनि ओली पक्षले उनलाई सचिव पदमा उठाएको हो । न्यौपाने तथा पोखरेल दुवै कपनका भएकाले कस्ले कति मत कपनबाट पाउने बारे विशेष चासो राखिए पनि करिब ३ साता अघिदेखि सचिव पदका लागि तयारी गरेका न्यौपानेले जीत सुनिश्चित रहेको बताइएको छ । यद्यपि एमाले भित्रको पार्टीगत गुटबन्दिले पार्न सक्ने प्रभावप्रति दुवै सचेत रहेको बताइएको छ । विशेषगरेर वर्तमान राष्ट्रपति विद्या भण्डारीको क्षेत्र भएकाले ओली पक्षले गुटगत राजनीतिमा माधव पक्षलाई कमजोर बनाउन सक्ने आंकलनसमेत गरिएको छ ।

Dendi Dherpal 111

कपन एमालेमा विशेष सक्रिय रहेका जनजाति अगुवा डेण्डी शेर्पाले एमाले पार्टीभित्र जनजातिलाई कोटा नदिनुले जानजाति पछाडि पर्न सक्ने बताएका छन् । प्रतिनिधि छनौटामा झिनो मत अन्तरले पराजित शेर्पा कपनको संगठन विस्तारमा विशेष योगदान पुर्याएका व्यक्ति हुन् । पार्टीभित्रका अराजक गुटबन्दिका कारण आफू पराजित हुन पुगेको बताउँदै शेर्पाले सिंगो पार्टीले सचेत बनेर जनजातिलाई कोटा निर्धारण गर्नु पर्ने बताए । स्मरण रहोस् एमालेभित्र दलित र महिलाका लागि भने कोटाको व्यवस्था छ ।

Laxmi

हाल एमाले क्षेत्र नं. ४ का उपाध्यक्ष लक्ष्मी संग्रौलाको राजनीतिक भविष्य अन्यौलमा पर्ने देखिएको छ । ओली पक्षका खम्बा हुँ भनेर परिचय दिने संग्रौलालाई सो पक्षले अध्यक्षलगायत कुनै पनि पदाधिकारीमा नपत्याएपछि उनको राजनीतिक भविष्य दाउमा परेको हो । बुनपा १२ बाट राजनीतिक गर्ने संग्रौला अब कुन राजनीतिक पदमा रहलान् सबैलाई चासोको विषय भएको छ ।

Niranjan Nepal

बुनपा वडा नं. १४ मा प्रतिनिधि छनौट क्रममा हातपात भोगेका युवा संघका निरन्जन नेपालले ओली समहबाट आफुलाई सचिव पद दिने भन्ने मनोगत प्रचार गरेर हिँडे पनि अन्ततः उनले बल्ल बल्ल सदस्य पदको उम्मेदवारी प्राप्त गरेका छन् । ओली पक्षका भनिएका टीका पराजुली पक्षबाट निरन्जन नेपाल सदस्य पदमा उम्मेदवार रहेका छन् ।

तपाइँको प्रतिक्रिया ।