ध्रुव भट्टराई संस्थापन पक्षबाट क्षेत्रीय सदस्य पदमा
२०४२ सालदेखि कम्युनिष्ट राजनीतिमा सक्रिय रहेका एमाले कपनका खम्बा भनेर चिनिने ध्रुव भट्टराई ओली प्यानलबाट क्षेत्रीय सदस्यमा उम्मेदवार बनेका छन् । तत्कालिन महासचिव जननेता मदन भण्डारीसँगसमेत सानिध्यता रहेका भट्टराई २५ वर्षदेखि पार्टी संगठनमा विशेष योगदान दिँदै आएता पनि पदीय लोभमा नफसेका व्यक्तिका रुपमा परिचित छन् ।
क्षेत्र नं. ४ एमाले राजनीतिमा विशेष भूमिका आवश्यक परेको हुँदा आफू संगठनमा बसेर यस क्षेत्रमा एमालेलाई एक नम्बर पार्टी बनाउने धोको रहेको उनले कपन अनलाइनलाई बताए । संस्थापन पक्ष भनिने ओली पक्षका प्रवक्ताजस्तै सक्रिय रहेका भट्टराई पार्टीभित्र उपल्लो तहका नेताहरुसँग परिचित व्यक्तिका रुपमा पनि लिइन्छ ।
तपाइँको प्रतिक्रिया ।