सचिव उम्मेदवार न्यौपाने विरुद्ध संस्थापन बाट उमेद्द्वार दिनआटगर्ने भेटिएन ?
कपन अनलाइन/ २०७२ चैत्र १४
नेकपा एमाले काठमाडौँ क्षेत्र नम्बर चारको क्षेत्रिय अधिवेशन बन्दसत्रको तयारीकालागि यति बेला मिलनचोक पार्टीभेनुमा कार्यकर्ता हरु को उपस्थिति बाक्लिदै गएको छ । बाक्लिदै गरेको कार्यकर्ता हरुको आवाज एक बन्दै सचिव उम्मेदवार ध्रुवराज न्यौपाने विरुद्ध संस्थापन पक्षबाट उमेद्द्वार दिनआटगर्ने व्यक्ति भेटिएन भन्न थाली सकेका छन् ।
संस्थापन पक्ष बाट सचिवकारुपमा निरन्जन नेपाल, विनोद रिमाल तथा राजन पोखरेलको नामलिनेगरिएपनि एकाएक नेपाल पक्षका सचिव उम्मेदवार ध्रुवराज न्यौपाने चुलिएपछी ओली पक्षबाट सचिवमा उमेद्द्वार दर्तागर्ने उम्मेदवारको खडेरी परेको बुझिएको छ ।
अधिवेशन मिति अगाडी देखिनै प्रचारप्रसार थालेका न्यौपाने कपन गाविस छदा एमाले कपनका अध्यक्ष रहेका थिए । युवा तथा अग्रजहरुको मायाको पात्र बन्दै आएका न्यौपाने चुनावी प्रतिस्पर्दामा आफ्नैनेता तथा कार्यकर्ताहरु बाट कति मायाँ पाउने हुन् त्यो हेर्न भने साँझसम्म कुर्नुपर्ने देखिन्छ ।
तपाइँको प्रतिक्रिया ।