क्षेत्र नं. ४ बाट ६ जना केन्द्रिय सदस्यमा उठ्दै, कर्माछिरिङ शेर्पा विजयी हुने सम्भावना प्रवल

क्षेत्र नं. ४ बाट ६ जना केन्द्रिय सदस्यमा उठ्दै, कर्माछिरिङ शेर्पा विजयी हुने सम्भावना प्रवल

Desktop14

कपन अनलाइन/फागुन १७, २०७२

देशकै सबैभन्दा चर्चित क्षेत्रको रुपमा चिनिने काठमाडौं क्षेत्र नं. ४ हरेक खाले समाचारप्रति चासोको विषय बन्ने गर्दछ । चर्चित युवा नेता गगन थापाको क्षेत्र भएका कारण क्षेत्र नं. ४ प्रति सबैको चासो हुने गरेको हो । नेपाली कांग्रेसको १३ औँ महाधिवेशनमा पनि यो क्षेत्र चर्चाको परिधिमा नै रह्यो । यस क्षेत्रमा नेका सभापतिको रुपमा गगन थापाको कट्टर आलोचक राजु श्रेष्ठले जीत हासिल गरेसँगै यस क्षेत्रका चर्चा झनै चुलिएको हो । यस क्षेत्रबाट यतिखेर नेकाको केन्द्रिय अधिवशेनका लागि पनि धेरैले उम्मेदवारी दावी गरेका छन् । १० जना महाधिवेशन प्रतिनिधिमध्ये ६ जनाले केन्द्रिय सदस्यमा आफ्नो उम्मेदवारी रहने भन्ने घोषण गरेका छन् । यसरी उम्मेदवारी घोषणा गरेर जीतका लागि कसरत गर्नेहरुमा चिरन्जिविनिधी तिवारी, कर्माछिरिङ शेर्पा, साधुराम खड्का, आत्माराम पौडेल, जानु घिमिरे, सुशील नाहटा रहेका छन् ।

उम्मेदवारी घोषणा गरेका चिरन्जिविनिधि तिवारी क्षेत्र नं. ४ का पूराना नेता हुन् । तिवारी गगन थापाका अत्यन्त निकट पनि मानिन्छन् भने काठमाडौंमा प्रकाशमान सिंह विरोधी नेताको रुपमा चिनिन्छन् । यस अघि महासमिति सदस्य रहेका तिवारी यसपटक महासमितिमा आउन गारो रहेको बताइएको छ । अर्का पाका नेता आत्माराम पौडेल कपन क्षेत्रबाट राजनीतिमा सक्रिय छन् । प्रधानपञ्च, गाविस अध्यक्षहुँदै राजनीतिमा सक्रिय पौडेल गगन थापा बिरोधी नेताको रुपमा चिनिन्छन् । क्षेत्रीय अधिवेशनमा राजु श्रेष्ठलाई सभापति बनाउन भूमिका निर्वाह गरेका पौडेल यस अघि महासमिति सदस्य थिए भने उनी यसपटक पनि महासमिति सदस्य हुने तरखरमा छन् । लामो समय पार्टीको बिभिन्न तहतप्कामा सक्रिय रहेका साधुराम खड्का काठमाडौं उत्तरी भेकका पाका नेताको रुपमा चिनिन्छन् । यस अघि महासमिति सदस्य रहीसकेका खड्का फेरि महासमिति सदस्य हुने तरखरमा पनि छन् । पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव सुशील नाहटा पनि केन्द्रिय सदस्य बन्ने तयारी गरिरहेका छन् । त्यस्तै क्षेत्र नं. ४ का सक्रिय महिला नेतृ जानु घिमिरेले पनि आफू केन्द्रिय सदस्य बन्ने तयारीमा रहेको भन्दै सामाजिक संजालमा छाएकी छिन् ।

क्षेत्र नं. ४ बाट केन्द्रिय सदस्यको आकांक्षीहरुमध्ये सबैभन्दा शक्तिशाली मानिएका छन् कर्माछिरिङ शेर्पा । नेपाली फुटबल क्षेत्रका विशिष्ट व्यक्ति शेर्पालाई बिजयी हुने व्यक्तिको रुपमा हेरिएको छ । शेर्पाको हाइटेक प्रचार शैली र खटाइले उनी यतिखेर संचारमाध्यम र सामाजिक संजालमा सबैभन्दा धेरै छाएका उम्मेदवार बनेका छन् । खेलकुद क्षेत्रमा भएको भ्ष्टाचारको बिरोधमा उनले गरेको योगदानले शेर्पालाई देशविदेशमा चिनाएको तथा नेविसंघ र तरुण दलमा लामो कृयाशिलताले उनलाई सजिलै केन्द्रिय सदस्य बन्ने व्यक्तिको रुपमा लिइएको छ । नेपाली कांग्रेसभित्र प्रकाशमान सिंहसँग अत्यन्त निकट रहेका शेर्पा देउवा समुहसँगको निकटतालाई फराकिलो बनाउँदै आफ्नो बिजय निश्चित बनाउने तयारी गरिरहेका छन् ।

तपाइँको प्रतिक्रिया ।