महाधिवेशन प्रतिनिधि जाने तयारीमा सागर बैजु

महाधिवेशन प्रतिनिधि जाने तयारीमा सागर बैजु

ttt5

कपन अनलाइन/माघ २१
सामाजिक क्षेत्रमा विशेष योगदान पुर्याएर चर्चामा रहेको नेपाली कांग्रेसका जिल्ला सदस्य सागर बैजु भोलि माघ २२ गते हुने क्षेत्रीय अधिवेशनमार्फत माहाधिवेशन सदस्य बन्ने तयारीमा जुटेका छन् । बुढानिलकण्ठ नगरपालिकाबाट सर्वसम्मत क्षेत्रीय प्रतिनिधि चुनिएका बैजु क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका प्रभावशाली नेताको रुपमा चिनिन्छन् । विशेषगरेर बालबालिकाको क्षेत्रमा बिभिन्न सामाजिक गतिबिधि गर्ने अभियान्ताको रुपमा परिचित उनी पार्टीको १२ औँ महाधिवेशनमा जिल्ला सदस्य बनेका थिए । बैजु व्यवसायिक कृषिका क्षेत्रमा पनि देशका ३३ जिल्लामा संजाल भएको संस्थाका सदस्यसमेत रहेका छन् । सागर बैजु दलित समुदायको प्रतिनिधित्व गर्दछन् । महाधिवेशनमा हरेक निर्वाचन क्षेत्रमा १ सदस्य दलित समुदायलाई छुट्याइएकोमा उनले सोही कोटामा आफू उठ्ने बताए । क्षेत्र नं. ४ मा बौद्धिक व्यक्तिको रुपमा पनि परिचय बनाएका सागर बैजु एक कुशल रेडियो पत्रकार पनि हुन् ।

तपाइँको प्रतिक्रिया ।