नगर कमिटि सहमतिमा बन्न कठिन भो, भोलि निर्वाचन !!!

नगर कमिटि सहमतिमा बन्न कठिन भो, भोलि निर्वाचन !!!

कपन अनलाइन/माघ १८, २०७२
नेपाली कांग्रेसको १३ औँ महाधिवेशनअन्तर्गत नगरपालिकाहरुमा अधिवेशन गर्न छुट्याइएको माघ १८ र १९ गतेअन्तर्गत देशभरी धेरैजसो नगरपालिकामा आजै नगर अधिवेशन सम्पन्न भएकोछ । कतिपय नगरपालिकामा भोलि निर्वाचन प्रकृया हुने भएको छ । बुढानिलकण्ठ नगरपालिकामा पनि आज प्रथम नगर अधिवेशनको उद्घाटन कार्यक्रम सम्पन्न भयो । क्षेत्र नं. ४ का सभासद गगनकुमार थापाले उद्घाटन गरेको कार्यक्रममा आजै इच्छुक उम्मेदवारहरुले मनोनयनपत्र दर्ता गराए ।

नगर कमिटिको सभापतिमा राजाराम बुढाथोकी, केशवराज पाठक र गणेश कोइरालाको मनोनयनपत्र परेको छ भने सचिवमा दामोदर भट्टराई, बिजेन्द्र पुडासैनी, राजन बुढाथोकी, रन्जित खत्री र विश्वनाथ दाहालले मनोनयन पत्र दाखिला भएको छ । १ सदस्यीय कोषाध्यक्षमा नवराज खनाल, अन्जना केसी, भरतप्रसाद अधिकारी र रामविनोद लामिछानेले मनोनयन पत्र दाखिला भएको छ । त्यसैगरी कोटाका क्षेत्रीय प्रतिनिधिहरुमा २ सदस्यीय दलितबाट सागर बैजु, लालबहादुर भित्रकोटी, राजु परियार र विमल कुमार भित्रकोटीको मनोनयनपत्र दाखिला भएको छ ।

collectilon photos
त्यसैगरी २ सदस्यीय आदिवासी जनजाति क्षेत्रीय प्रतिनिधिहरुमा कृष्णमान तामाङ, दीपक गुरुङ, भाइनारायण श्रेष्ठ, काशिराज श्रेष्ठ र लक्ष्मीप्रसाद लिम्बुको नाममा मनोनयन पत्र दाखिला भएका छ । आज साँझ निर्वाचन समितिले अन्तिम नामावली प्रकाशन गर्दा २ सदस्यीय मधेशी तथा अल्पसंख्यक क्षेत्रीय प्रतिनिधिहरुमा प्रेम श्रेष्ठ र तारादेवी चौधरीमात्र मनोनयन पत्र दाखिला भएकाले श्रेष्ठ र चौधरी सर्वसम्मत भएको बताइएको छ ।

भोलि माघ १९ बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म निर्वाचन प्रकृयाबाट बाँकी सबै पदहरुमा निर्वाचन हुनेछ । आज साँझबाट सबै पदहरुमा सर्वसम्मत गराउन बिभिन्न पक्षहरु लागेता पनि आज कोही पनि सर्वसम्मत हुन नसकेपछि भोलि निर्वाचनमा जाने देखिन्छ । यद्यपि भोलिको नगर कमिटिबाट आउने क्षेत्रीय प्रतिनिधिहरुका कारण माघ २२ गते हुने क्षेत्रीय समितिको अधिवेशनलाई असर पार्न सक्ने वा समिकरण बिग्रन सक्ने अवस्थामा नगर अधिवेशन रोक्ने प्रयास समेत भैरहेको बताइन्छ । नगरबाट आउने क्षेत्रीय प्रतिनिधि आफ्नो समर्थक पार्न क्षेत्र नं. ४ मा रहेको २ समूह गगन थापा समूह र राजु श्रेष्ठ समूह ठूलो कसरतमा जुटेको छ । क्षेत्रमा आफूलाई भोट हाल्ने मानिस लैजान कसलाई लैजादा फाइदा होला भन्ने बारे पक्का भएपछि मात्र भोलि निर्वाचन हुने निधो हुनेछ ।

भोलिको नगर निर्वाचनको प्रतिफलले गगन थापालाई फाइदा हुने देखिए बाँकी प्रकाशमान प्यानल र देउवा प्यानल भोलिको कार्यक्रम स्थगित गराउन चाहन्छ भने राजु श्रेष्ठलाई फाइदा हुने देखिए गगन थापा प्यानलले कार्यक्रम स्थगित गराउने खाले कसरतमा जुटेको बताइएको छ । यद्यपि अहिलेसम्म भोलि समयमा नै निर्वाचन प्रकृयमा जाने भनेर सबैले बताइरहेका छन् । अहिले सम्म नगर सभापतिका उम्मेदवार गणेश कोइरालालाई गगन थापाका उम्मेदवार तथा राजाराम बुढाथोकीलाई राजु श्रेष्ठको उम्मेदवार भनेर चिनाइने गरे पनि दुवै उम्मेदवारले आफू कोही व्यक्ति विशेषको उम्मेदवार नभई नेपाली कांग्रेसको उम्मेदवार भएको बताए भने अर्का सभापति पदका उम्मेदवार केशवराज पाठक आफू गगन तथा राजु दुवैको उम्मेदवार भएको बताए ।

तपाइँको प्रतिक्रिया ।