दिलिप तथा राधेश्यमा विजयी, टंक, नारदमणि र सन्तोष पराजित

कपन अनलाइन/माघ १५, २०७२
नेका १३ औँ महाधिवेशनअन्तर्गत इकाई अधिवेशन आज देशभरी सम्पन्न भएको छ । देशभरी छिटफुट हिंसात्मक घटनासहित इकाई अधिवेशनमा कतै सर्वसम्मत त कतै निर्वाचन प्रकृयाबाट इकाई तथा क्षेत्रीय प्रतिनिधि छनौट गरिएको समाचार प्राप्त भएको छ । तराईका केही जिल्लामा अधिवेशन रोकिएको छ भने पहाडि जिल्लामा पनि कतिपय ठाउँमा स्थगित गरिएको छ ।

बुनपाका अधिकांश वडामा इकाई अधिवेशन सम्पन्न भएको छ । धेरैजसो ठाउँमा सर्वसम्मतसहित निर्वाचन भएर इकाई तथा क्षेत्रीय प्रतिनिधि छनौट भएको समाचार प्राप्त भएका छन् । बुनपा अन्तर्गत साविक कपन गाविस समेटिएको बुनपाको महत्वपूर्ण ५ वडामध्ये १३ र १८ मा सर्वसम्मत इकाई अधिवेशन सम्पन्न भएको छ । वडा नं. १३ को इकाई सभापतिमा वर्तमान इकाई संयोजक दिलिप खत्री सर्वसम्मत भए भने रामकृष्ण केसी त,ेजकुमार केसी र शर्मिला केसी क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत भएका हुन् । त्यसैगरी वडा नंं १८ मा इकाई संयोजक राधेश्याम कार्की सर्वसम्मत इकाई संयोजक भएका छन् शशि शर्मा, विनोद चालिसे र आरती कार्की क्षेत्रीय प्रतिनिधिको रुपमा सर्वसम्मत चयन भएका छन् ।

कपन कांग्रेसका तीन हस्तिहरु भनेर चिनिने आत्माराम पौडेल, अच्यूत पौडेल र राजाराम बुढाथोकीको वडा नं. १९ मा यी तीनै हस्तिहरुले शानदार विजय प्राप्त गरेका छन् । वर्तमान इकाई संयोजक सन्तोष बुढाथोकी वडा सभापतिमा पराजित भएका छन् । क्षेत्रीय सदस्य अच्यूतप्रसाद पौडेलले इकाइमा सभापति पदमा विजयी भएका छन् भने आत्माराम पौडेल तथा राजाराम बुढाथोकी क्षेत्रीय सदस्य पदमा ठूलो मत अन्तरमा बिजयी भए । यस वडामा महिला बुथ प्रतिनिधिमा यसअघि नै बबिता थापा बुढाथोकी सर्वसम्मत भैसकेकी छिन् ।

वडा नं. १२ मा भएको इकाई अधिवेशनमा अनुमान गरिए अनुरुप नै श्याम डोटेल इकाई सभापतिमा विजयी भए भने रामप्रसाद लुइँटेल, खिला सापकोटा र रिता बुढाथोकी क्षेत्रीय प्रतिनिधिमा बिजयी भए । यस वडामा सागर बैजु, दीपक कार्की तथा प्रेम धमला इकाईमा पराजित भए । जिल्ला सदस्यसमेत रहेका सागर बैजुको पराजय अत्यन्त अप्रत्यासित रहेको मानिएको छ । यस वडामा इकाई संयोजकसमेत रहेका नारदमणि घिमिरे सभापति पदमा पराजित भएका छन् ।

बुनपा वडा नं. १४ मा साविक इकाई संयोजक टंक सापकोटा सभापति पदमा पराजित भएका छन् । इकाई सभापतिमा अनुमान गरिए अनुरुप नै युवा उम्मेदवार होमनाथ तिमिल्सिना बिजयी भए । तिमिल्सिनाको टिममा राजुविक्रम थापा, कमला बोगटी, सुनित चालिसे, सुमन चालिसे, तेजबहादुर रोक्का, शिवहरि खतिवडा, दामोदर भट्टराई, सूर्य खड्गीलगायत व्यक्तिहरु बिजयी भएका छन् । वडा नं. १४ मा वृहस्पति चालिसे र विश्वनाथ दाहाल क्षेत्रीय प्रतिनिधिमा विजयी भए । चालिसे र दाहालले केशव पाठक र केशव ढकाललाई पराजित गरे भने मन्जु खतिवडा सर्वसम्मत महिला क्षेत्रीय प्रतिनिधि सदस्य बन्न सफल भइन् ।

तपाइँको प्रतिक्रिया ।