काँग्रेशको अधिवेशन आजबाट

माघ १५, २०७२- कांग्रेसको १३ औं महाधिवेशन शुक्रबारदेखि देशभर एकसाथ सुरु हुँदैछ । गाउँ, नगर वडा र नगर अधिवेशन देशभर एकैदिन हुन लागेको हो ।

बूढानीलकण्ठ नगरपालिकाको काँग्रेशलाई पनि यो अधिवेशनले ब्यापक छोएको छ । क्षेत्र नं ४ मा ३ पक्षीय भिडन्त देखिएको छ । निवर्तमान क्षेत्रीय सभापति न्हुच्छेनारायण श्रेष्ठ, सचिव श्याम संगत र २०७० को संविधान सभाका काँग्रेश समानुपातिक उम्मेद्वार राजु श्रेष्ठ बीच प्रतिस्पर्धा हुने देखिएको छ ।

बूढानीलकण्ठ नगरपालिकाका वडा नं १२ को मिलनचोक पार्टी भेन्यु, १४ को उसु क्वान डोजो र १९ को यज्ञमति माविमा अहिले १० बजेबाट निर्वाचन हुँदै छ । १३ र १८ को भने सहमति भईसकेको श्रोतले बतायो ।

तपाइँको प्रतिक्रिया ।