चार मुक्तक : राज बहादुर बडुवाल
कपन अनलाइन
काठमाडौं, असोज ३ ।
सम्झिदा बाढी मन भकानिन्छ
बिछोडिदा प्रिय झन भकानिन्छ
के नै रहेछ आखिर आफ्नो भन्ने,
खण्डहर शहरले तन भकानिन्छ ।
हामी पछारिएका हौं लडेका छैनौं
उठ्नेछौँ अवश्य फेरि सडेका छैनौं
स्वप्न उडाएको हो होइन जिन्दगी,
गन्तव्य पहिल्याउनेछौँ गडेका छैनौं ।
भयावह महाबिपत्ति बन्यो भोटेकोसी
बाढीले लगि दियो खुसी सबै खोसी
बाटो, सडक, बत्ति, पानी लग्यो एकैचोटि
खण्डहर भए बस्ती कस्लाई मान्नु दोषी ।
मन बहकिन्छ देख्दा नदि तटका लाशहरू
कसरी सोच्ने खै बन्लान् सुरक्षीत बासहरू
प्रकृतिले अकल्पनीय चुनौती दियो हामीलाई,
अब त सायद रित्तिए काख मरे आशहरू ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
