शिव महिमा : चेवन बस्नेत ठूलाघरे
कपन अनलाइन
काठमाडौं, असोज ३ ।
शिव महिमा
साउनको महिना
लेखौँ बहिमा
हरा चुराले
शिवजीको महिमा
बोल्यो सुराले
बम्बम् भोले बम्
शिवजीको दलान
पाहुना लाग्न जाम्
सफा जलमा
बम्भोले बम् महिमा
खोला खोलामा
भक्ति मनले
आराधना शिवको
गरौँ ध्यानले
साउन महिना
शिव स्नान तुल्य हुन्
सोम्वारको दिन
साडी हरियो
चोली चुरा हरियो
पोते हरियो
हराभरा भो
कति गाउँ महिमा
शिवे चराको
पालो अबको
शुद्ध मनले भजौँ शिव
जय सबको
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
