मेरो चार थान मुक्तक : क्षितिज बिरु राना

मेरो चार थान मुक्तक : क्षितिज बिरु राना

कपन अनलाइन
काठमाडौं, असोज ३ ।

गरिबले पेटभरी खाएको समचार आउँदैन
परदेशि चयनले निदाएको समचार आउँदैन
सुकुम्बासी बस्तीहरूमा डोजर चल्यो सरकार
पीडित परिवारले घर पाएको समाचार आउँदैन ।

देशमा गरिखाने वातावरण नहुँदा गलेर मर्नु परेको छ
भोका,नाङ्गा,निमुखाहरू सडकमा ढलेर मर्नु परेको छ
आफ्नै देशमा बसेर जिविका चलाउन खोज्ने युवालाई
शरीरमा पेट्रोल छर्की सलाई कोरि जलेर मर्नु परेको छ ।

यहाँ मौन बसिरहेको छ देशको माली राजधानीमा
जनता मरेको खबर पठाउछ कर्णाली राजधानीमा
आपत विपत पर्दा टेवा पुग्ला भनेर सरकार बनाए
कि छैन र पुर्व मेची पश्चिम,महाकाली राजधानीमा ।

मेरो देशमा बसेर खाने उपाय कहिलेसम्म हुन्छ
पीडित, अन्याय परेकालाई न्याय कहिलेसम्म हुन्छ
हत्याहिंसा, भ्रष्टाचार नियन्त्रण गर्छु भन्छौं सरकार
भ्रष्टाचारी, हत्याराहरूलाई सजाय कहिलेसम्म हुन्छ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।