चार मुक्तक : गोविन्द राज तिमिल्सेना (कुसुम कान्छो)
कपन अनलाइन
काठमाडौं, असोज ३ ।
अतितका ती अनेक यादहरू लिएर गयौ
फाटेको आफ्नो त्यो मनमुटु सिएर गयौ
मैले अहिलेसम्म पनि बुझ्न सकेको छैन्,
कुन्नि के कति कारणले धोका दिएर गयौ ।
तिमीले अन्तैतिर पाइला चाल्यौ के भनौ
मेरा आँखाबाट आँसु खसाल्यौ के भनौ
जुनिभर तिमिलाई नै साथ दिन्छु भन्थ्यौ,
आजभोली अर्कैलाई अङ्गगाल्यौ के भनौ ।
मानेर तिम्रै चिन्ता पिर दिन बितेका छन्
जस्तो भए नि आखिर दिन बितेका छन्
एकोहोरो तिम्रै याद आउँदा खेरी मलाई,
राखेर छातीमा तस्बिर दिन बितेका छन् ।
आज अर्कैको भर पर्याै किन जानीजानी
पटकपटक अनेक गर्याै किन जानीजानी
उसको साथमा दुःख पाउँछु सोच्दासोच्दै,
मलाई छोडी अन्तै सर्याै किन जानीजानी ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
