लाग्यो बसन्त : सुरेश चन्द्र घिमिरे
कपन अनलाइन
काठमाण्डौ ,बैशाख ५।
१) शिशिर अन्त
नयाँ बोट पलायो
लाग्यो वसन्त
२) भएछ फिका
धमिराले सखाप
वन वाटिका
३) हुन्थ्यो कलह
अस्तव्यस्त बनाए
बढ्यो सलह
४) भित्र घुसेछन्
पैँतिस बर्षदेखि
रस चुसेछन्
५) वनका जीव
ङ्यार्रङुर्र गर्दथे
सोसे गरीब
६) भेटेछन् चुरी
अतिसाह्रै रिसाए
कर्मी माहुरी
७) वसन्त आए
पात झरे पुराना
नयाँ पलाए
८) धोत्रा भोगियो
आए नयाँ पालुवा
वन जोगियो
९) भन्नू पर्नेछ
काम गर मिलेर
सेखी झर्नेछ
१०) मल्किन्छ जरा
हालौँ मल जलले
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
