भाइरल चिया : रुपक राई
कपन अनलाइन
काठमाण्डौ ,बैशाख ५।
कुरो चियापतीको होइन
न चिया बगानको
कुरो स्वाद चुस्किको होइन
न किसानहरुको लगानको
न चिनी न दुधपानीको मात्राको
न चियापात्र को
कुरो हो चिया जात्राको !
यहाँ
चिया हब बनाउने
चिया उत्सव मनाउने
चियाको दारुण कथा सुनाउने
र भर्चुअल चिया खाने खुवाउने
थामी नसक्नु भिड छ !
आउनुस्, हजुरलाई पनि स्वागत छ
जमाना नमस्ते ढोग्दियाँको हो
यो समय भाइरल चियाको हो !
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
